कारागारका थुनुवालाई फलफुल तथा हर्लिक्स वितरण

कारागारका थुनुवालाई फलफुल तथा हर्लिक्स वितरण

38032727_10209299933055890_6729111316331495424_n

सुन्दरकुमार थकाली,मुस्ताङ
मितिः२०७५।०४।१५।
सहित मनोज÷झपेन्द्र स्मृृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन जिल्लाकार्य समति मुस्ताङले मंगलबार कारागारमा रहेका थुनुवा केदी तथा बन्दीहरुलाई फलफुल तथा हर्लिक्स वितरण गरेको छ ।

निजामती कर्मचारी संगठनको हकहित र अधिकारका लागि तथा ०४६ सालको आन्दोलनमा सहित भएका मनोज÷झपेन्द्रको सम्झनामा वर्षेनी कर्मचारी संगठन मुस्ताङले यसप्रकारको कार्यक्रम गर्दे आएको संगठनका अध्यक्ष मतिलाल चपाईले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल,जिसस अधिकारी केशव बिमली ,प्रहरी नायव उपरिक्षक महेन्द्र खड्का सहित करिव ५० जना कर्मचारी सम्मिलित टोलीले कारागारमा पुगेर थुनुवाहरुलाई सामाग्री हस्तान्तर गरेको हो ।मुस्ताङ कारागारमा सजाय भुक्तानी गरिरहेका ८ पुरुष र १ महिलालाई फलफुल तथा हर्लिक्स बितरण गरिएको हो ।प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले सहित मनोज÷झपेन्द्रकै बलिदानले राष्ट्र सेवक कर्मचारीहरुका थुपै अधिकारहरु संम्वोधन भईसकेको उल्लेख गरे ।जिसस अधिकारी केशव बिमलीले कर्मचारी आन्दोलनमा सहित मनोज÷झपेन्द्रको योगदान उच्च रहेको उल्लेख गर्दे त्यसकै प्रतिफल कर्मचारीको छाता संगठन आधिककारिक ट्रेड युनियन महासंघ गठन भएको बताए ।उनले बिद्यमान अवस्थामा कर्मचारीका धेरै अधिकारहरु सुनिश्चित भईसकेको र ट्रेड युनियनले राजनितिक आस्थाका आधारमा कर्मचारी सरुवालाई व्यवस्थापन गर्नुपर्ने जनाए ।्

कारागारका थुनुवाहरुलाई फलफुल वितरण कार्यक्रममा संगठन आयोजना गरेको चिट्ठा कार्यक्रमका बिजेता छुसाङका कु®ा तेञ्जिङ गुरुङलाई एक थान मोवाईल सेट हस्तान्तर गरिएको थियो ।संगठनका अध्यक्ष मतिलाल चपाईको अध्यक्षतामा भएको स्मृति सभा तथा फलफुल बितरण कार्यक्रममा स्वागत शशीकला सम्बाहाम्फेले गरेकी थिईन् भने संञ्चालन बिकास थापा मगरले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ