कोरलानाका संम्वेदनशील नाकाःसांसद तुलाचन

कोरलानाका संम्वेदनशील नाकाःसांसद तुलाचन

IMG_3529

सुन्दरकुमार थकाली,मुस्ताङ
मितिः२०७५।०४।२८
प्रतिनिधि सभाका माननीयय सांसद प्रेमप्रसाद तुलाचनले उत्तरी कोरलानाका संम्वेदशील नाका रहेको औल्याएका छन।जिल्ला समन्वय समिति मुस्ताङको दोश्रो जिल्ला सभाको मंगलवार उद्घाटन गर्दे सांसद तुलाचनले यस्तो बताएका हुन् ।

सांसद तुलाचनले कोरलानाका कसैले हल्लाखल्ला गरेर खोलिने नाका नभएको र जबसम्म शान्ति सुरक्षाको अवस्था सुदृढ र कोरलानातर्फको भौतिक पुर्वाधार तयार हुदैन तबसम्म नाका संञ्चालन गर्न शहज नहुने जनाए ।‘विगतमा कोरलानाकाबाट मानव तस्करी तथा अवैध आर्थिक कारोबार गरिने क्षेत्र हो’सांसद तुलाचनले भने‘नेपालले चिन बिरोधी गतिबिधि हुँदैन भन्ने उदाहरण दिनुपर्दछ,तबमात्र कोरलानाका खोल्न सम्भव रहन्छ ।’

सांसद तुलाचनले आफु कोरलानाका खोल्ने उद्देश्यका साथ लागिपरेको उल्लेख गर्दे त्यसका लागि बेनी ,जोमसोम,कोरला सडकको स्तरोन्नती र नाका आसपास भन्सार,अध्यागमन तथा सुरक्षा निकायका लागि भौतिक संरचना निर्माण गर्न आवश्यक भएकोे बताए ।मुलुकमा भएको राष्ट्रिय गौरवको आयोजनाहरु बजेट अभावले काम समयमा पुरा हुन नसकेको उल्लेख गर्दे सांसद तुलाचनले कोरला सडकका लागि भने बजेट अभावले रोकिने अवस्था नरहेको जानकारी दिए ।मुस्ताङ जिल्ला पर्यटक प्रर्वधनका दृष्टिले महत्वपुर्ण जिल्ला भएकाले यसको श्रीवद्धिका लागि यहाँको थप पर्यटन संम्भाव्यताको खोजी गर्न आवश्यक भएको सांसद तुलाचनको भनाई छ ।

उनले मुस्ताङको क्रेज अन्तराष्ट्रिय बजार सम्म छरपस्ट भईसेकेको जनाउदै हलिउडका सेलिब्रेटी देखि विश्वप्रसिद्ध व्यक्ति समेत यस जिल्लाको भ्रमणमा आउने भएकाले आफुले उपल्लो मुस्ताङको चराङमा बिमानस्थलको अवधारण अगाडी ल्याएको जनाए ।तुलाचनका अनुसार निकट भविष्यमै जोमसोम बिमान स्थलको पुननिर्माण तथा स्तरोन्नती गर्ने कार्यक्रम रहेकाले सोही समयमा उक्त प्राविधिक टोलीले चराङ बिमानस्थलको अध्ययन गर्ने खुलासा गरे ।

सांसद तुलाचनले अर्को प्रशङ्गमा लामो समयदेखि मुस्ताङवासीले बिद्युत समस्या झेल्दै आउनु परेकोमा दुख व्यक्त गर्दे छिट्टै हाल देखिएको बिद्युत समस्या निराकरणका लागि लागिपरेको बताए ।‘बिद्युत समस्या हुल गर्न प्राधिकरणले चाईना संग २ सय थान ११ केबीको ट्रान्सफरमर बुकिङ गरिसकेको छ। यसका लागि ४ करोडको टेन्डर समेत भईसकेको छ’उनले भने‘सव ट्रान्सफरमर फेर्ने र दाना हाईड्रो समेत संम्पन्न भएपछि सदाका लागि मुस्ताङमा लोडसेटिङ अन्त्य हुनेछ ।’

पुर्व सांसद श्रीमाया थकालीले मुस्ताङ जिल्लाको समृद्ध र बिकासका लागि पर्यटन र कृषि क्षेत्रलाई जोड दिनुपर्ने बताईन् ।उनले सरकारले दुई तिहाईको दम्भ देखाएको भन्ने आरोपको खण्डन गर्दे सरकारले गरेका कार्यसम्पादनको पनि मुल्याङ्कन गर्नुपर्ने जनाईन् ।अर्का पुर्व सांसद चन्द्रबहादुर गुरुङले आर्थिक ,सामाजिक,सांस्कृतिक रुपले फड्को मार्दे गरेको मुस्ताङमा यसको थप बिकासका लागि प्रसस्त चुनातीहरु रहेको उल्लेख गरे ।


प्रजिअ शिशिर पौडेलले जिल्लाको समृद्धि र बिकासका लागि ७ बुँदा पुरा हुनुपर्ने उल्लेख गरे ।प्रजिअ पौडेल प्रस्तुत गरेका बुदाँमा कोरला सडकलाई गुणस्तरिय र छरितो गरिनुपर्ने,कोरलानाका खोल्न शान्ति सुरक्षाको अवस्था सुदृढ हुनुपर्ने,भन्सार र अध्यागमन जस्ता पुर्वाधारलाई नाका आसपासमा व्यवस्थित गरिनुपर्ने,मुक्तिनाथ बिकास समितिलाई गुरुयोजना सहित पास गरेर लैजानु पर्ने,दामोदरकुण्ड स्थल सम्मको शहज पहुँच निर्माण गनुपर्ने,माटोको संरक्षणमा ध्यान दिनुपर्ने,उपल्लो मुस्ताङमा देखिएको बिद्यमान समस्या जग्गा रजिष्ट्रेशन,सामाजिक सुरक्षा भत्ता र सचिवहरुको व्यवस्था हुनुपर्ने ढुङ्गा,गिट्टी,वालुवा आदीमा ठेक्काको व्यवस्थापन हुनुपर्ने सुझाए ।

त्यस्तै जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले कोरलानाका खोल्नका लागि आफु सदैव लागिरहने उल्लेख गर्दे प्रमको चीन भ्रमणका क्रममा यस बिषयमा कुरा उठाएको बताईन् ।कार्यक्रममा गाउँपालिकाका अध्यक्षहरुमा सुवर्णकुमार बिष्ट,बुद्धिप्रसाद शेरचन र आशबहादुर थकाली र उपाध्यक्षमा शर्मिला गुरुङ,जिल्ला रेडक्रस सभापति एवंम् नागरिक समाजका अगुवा चन्द्रबहादुर थकाली,नेकपाका प्रतिनिधि रमेश भट्टचन आदीले जिल्लाको समग्रः बिकास र संंम्भावना तथा जिल्लामा हाल भईरहेको बाढी पैरो विपत् बारेमा बोलेका थिए ।

यसअघि जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले जिल्ला समन्वय समितिको नीति तथा कार्यक्रम र आर्थिक वर्ष ०७४÷०७५ को बजेट खर्च र चालु आर्थिक वर्ष ०७५÷०७६ को प्रस्तावित बजेट सार्वजिक गरिन् । जिससको गत आर्थिक वर्ष ०७४÷०७५को प्रस्तावित बजेट खर्च २ करोड २७ लाख २३ हजार रहेकोमा कुल २८ बुँदामा कार्यालय खर्च तथा बिविधि खच गरेर २ करोड ११ लाख ८४ हजार खर्च भएको छ भने,जम्मा १६ लाख फ्रिज भएको छ ।त्यस्तै,आगामी आर्थिक वर्ष ०७५÷०७६ का लागि जिससको प्रस्तावित बजेट आधा घट्न पुगेको छ ।चालु वर्षका लागि जिससले जम्मा १ करोड १२ लाख ५३ हजार बजेट प्रस्ताव गरेको हो ।गतवर्ष जिससमा ३ दर्जन कर्मचारी रहेकोमा कार्यालयका कर्मचारीलाई स्थानीयतहमा काजमा खटाईएकाले प्रस्तावित बजेट कमी हुन पुगेको जिससले जनाएको छ ।

जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हामो गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख राजेन्द्र शेरचनले स्वागत र जिससका केदार थापाले संञ्चालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds