खिर खाने दिन अर्थात श्रावण १५

खिर खाने दिन अर्थात श्रावण १५

khir

नेपाली चलन र संस्कृति सच्चिकै अनुपम र मौलिक छन । किनकि ती सबै संस्कृतिभित्र नेपालीपन त छन नै,साथमा त्यसको समय सान्दर्भिकता पनि उत्ति नै उचो पाईन्छ  । आज साउन १५ गते नेपालीहरुको सास्कृतिक परम्परा अनुसार आज खिर खाएर मनाइदै छ । कृषिप्रधान देश भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरुप खिर खाने चलन चलेको हो ।

मानव सभ्यतासंगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ र यसबाट बन्ने कैंयन मिठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादकालागि विश्व समूदायमैं प्रिय बन्न सफल छ । यस्तै परिकारहरूमध्ये अन्न र दूधको अनुपम समिश्रण यस परिकारमा भोजन, पोषण नै यसको अाकर्षण हो । सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरुले प्राचिनकालमा गरेको समुन्द्रमन्थनसंग सम्बन्धित छ, त्यसबेलादेखि अहिलेसम्म दूधलाई शुद्धिकरण गर्ने तत्व र पोषण मिसिएको बहूगुणी अमृतकै रुपमा लिइन्छ ।

kamal paudel

ज्योतिषी कमल पौडेल

आर्यूवेदमा समेत खिरलाई प्राचिन भोजनको रूपमा ब्याख्या गरिएको छ । खिर शब्दपनि संस्कृत शब्द ‘क्षिरमा’बाट आएको मानिन्छ । क्षिरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्दछ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्वकारुपमा सेवन गरिने चलन छ । यसलाई ‘पायस’ तथा कतैकतै यसलाई ‘तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरुलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रुपमा खिर पकाउने चलन छ ।

खेतिपातिको काम सकेपछि मीठो खाने कुरा तत्कालिन समयमा खिर भएकाले यो चलन बसेको संकृतिविदहरुले बताएपनि कहिले देखि सुरु भएको भन्न भने सकेका छैनन । यो समयमा घरघरमा दुधको  मात्रा बढी पनि  हुने गर्दछ |

साउन १५ का दिन आज बजारमा दुघको माग बढेको छ । अघिपछिको तुलनामा आज दोब्बर दुघ विक्री भएको दुघ व्यापारीहरु बताएका छन् । उपत्यकामा आज साउन १५ मा खिर खाने चलन भएपनि  देशका विभिन्न भागमा भने  साउन महिनाभरी एक दिन खिर खानुपर्छ भन्ने मान्यता रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds