जनताको गुनासो सुन्न प्रहरीको नागरिक सुनुवाई

जनताको गुनासो सुन्न प्रहरीको नागरिक सुनुवाई

IMG_3328

सुन्दरकुमार थकाली,मुस्ताङ
२०७५।०४।१९
जिल्ला प्रहरी कार्यालय मुस्ताङले श्ुक्रवार घरपझोङ गाउपालिका ३ स्याङ गाउमा नागरिक सुनुवाई गरेको छ ।टोल टोलमा प्रहरी अभियान अन्तर्गत जिल्लामा भए गरेका प्रहरी गतिविधि तथा भावी दिनमा नागरिक र प्रहरीबीचको संम्वन्ध सुमधुर गराउने उद्देश्यले कार्यक्रम भएको जिप्रका मुस्ताङले जनाएको छ ।

‘नागरिक प्रहरी मिली तोडौ अपराधको जालो,सुरक्षित समाज बनाउन गरौ हाते मालो भन्ने उद्घोष सहित सुरु भएको कार्यक्रममा शसस्त्र प्रहरी प्रमुख,जिल्लाअनुसन्धान प्रमुख, निर्वाचित जनप्रतिनिधि, स्याङका स्थानीयवासी,नागरिक समाज,आमा समुह,युवाक्लव,विद्यालयका शिक्षक आदीको उल्लेख्य सहभागी रहेको थियो ।सो अवसरमा प्रहरी कार्यपत्र प्रस्तुत गर्दे प्रहरी प्रमुख महेन्द्र खड्काले जनताको सुख दुःख र गुनासोको सुनुवाई गर्न कार्यक्रम आयोजना भएको बताए ।अपराधजन्य गतिविधि रोकथाममा प्रहरी र नागरिक उक्तिकै दायित्व रहेको बताउदै प्रमुख खड्काले त्यसका लागि प्रहरी नागरिकको सुरक्षार्थ २४ सै घण्टा अहोरात्र कार्यक्षेत्रमा खटिदै आएको दावी गरे । प्रहरी निकाय शान्ति सुरक्षामा मात्र केन्द्रित नभई सामाजिक तथा भौतिककार्यमा सक्रियता रहदै आएको खड्काले खुलाए ।

प्रमुख खड्का अनुसार मुस्ताङमा प्रहरीको १९ वटा युनिट रहेको बताए । २ सय ८५ जना प्रहरी दरबन्दी रहेको मुस्ताङमा हाल करिव २ सय मात्र रहेको खड्काले जानकारी दिए ।उनले आर्थिक वर्ष ०७२ साल देखि हालसम्म मुस्ताङमा कुनै पनि कर्तब्य ज्यानका ठुलो घटना नभएको जानकारी दिदै उनले सामाजिक रुपमा छिटफुट घटना हुने गरेको बताए । पछिल्लो समयको ३ वर्षमा सवारी दुर्घटनातर्फ ३३ जनाले ज्यान गुमाएको र ७३ जना घाईते भएको उनले खुलाए ।प्रमुख खड्काले कार्यक्रममा सवारी दुर्घटना,सामाजिक बिकृति बिसङ्गती,घरेलु हिंसा,घरेलु मदिरा उत्पादन,बालश्रम,बालबिवाह,बलत्कारका घटना,संम्वन्ध बिच्छेद ,महिला हिंसा र सामाजिक सुरक्षा जस्ता बिषयमा स्थानीयवासीलाई जानकारी गराएका थिए ।

घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले समाजमा अपराधजन्य क्रियाकलाप न्यूनिकरण गर्न प्रहरी र नागरिकबीचको समन्वय महत्वपूर्ण भएको औल्याए ।उनले सामाजिक बिकृति बिसङ्गतीलाई रोक्नसके अपराधका घटना आफै निस्तेज भएर जाने बताए ।प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले प्रहरी,प्रशासन र नागरिकको सहकार्य बिना समाजमा अमनचैन स्थापित नहुने उल्लेख गरे ।समाजमा हुने बिकृतिलाई जस्तो चश्मा हे¥यो उस्तै देखिने भएकाले शुसासन कायम गर्न जिल्लाका मुखिया ,प्रहरी र प्रशासनबीचको समन्वय आवश्यक भएको जनाए ।परम्परागत मुखिया प्रणाली अन्तर्गत समाजका कतिपय घटना गुपचुप रहने गरेको जनाउदै अव त्यसलाई चिर्दे प्रहरी र नागरिक बीच टु वेय संञ्चार समन्वय हुनुपर्ने बताए ।उनले जब सम्म समाजका घटना गुपचुप रहन्छ, तब अपराधिक प्रबृद्धी मौलाउदै जान भएकाले त्यस्ता घटनालाई कानुनको दायरामा ल्याउन आवश्यक भएको तर्क गरे ।प्रजिअ पौडेलले मुस्ताङमा सडक विस्तार हुँदै गरेको र वर्षेनी पर्यटक बृद्धि हुदै जान थालेका स्थाानीयलाई होमस्टे जस्ता कार्यक्रम ल्याउन सुझाए ।

नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले प्रहरी संगठन नागरिकको संरक्षक भएकाले समाजमा हुने हरेक प्रकारका गतिबिधिहरुका बारे प्रहरीलाई खबर गर्र्नुपर्ने बताए ।उनले कानुन कार्यान्वयन गराउन प्रहरी एउटा निकाय भएको र त्यसलाई निकायको पहुचमा लैजाने नागरिक दायित्व रहने बताए ।कार्यक्रममा प्रहरी निरीक्षक थामबहादुर क्षेत्रीले नेपाल पू्रहरीले यसप्रकारको कार्यक्रम गाउतह सम्म गर्दे आएको बताए ।

कार्यक्रमको सुन्य समयमा स्थानीय आईतलाल थकाली शिक्षक रामप्रसाद शर्मा,महेन्द्र थकाली र सुकेन्द्र थकालीले सामाजिक बिकृति बिसङ्गतीका बारेमा प्रहरीलाई ध्यान आर्कषण गराएका थिए ।जिल्ला प्रहरी कार्यालय मुस्ताङले वर्षेनी गर्ने गरेको नागरिक सुनुवाई कार्यक्रम गतवर्ष मुक्तिनाथ,छुसाङ र घासामा आयोजना गरिएको थियो । प्रहरीले हरेक त्रैमासिक कार्यक्रम अन्तर्गत जिल्लाका बिभिन्न गाउमा नागरिक सुनुवाई गरेर जनताको सुझाव संङ्कलन गर्दे आईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ