जोमसोममा वालश्रमिक अनुगमन

जोमसोममा वालश्रमिक अनुगमन

sama-pis

सुन्दर कुमार थकाली,मुस्ताङ सुन्दर कुमार थकाली,मुस्ताङ,अन्तराष्ट्रिय वालश्रमिक दिवसका अवसरमा मुस्ताङमा वालवालिकाको अनुगमन भएको छ ।महिला तथा वालवालिका कार्यालयको आयोजनामा मंगलबार सदरमुकाम जोमसोमक्षेत्रमा संञ्चालित होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गरिएको हो ।अनुगमनका क्रममा कार्यालयले वालश्रमिक वालवाललिकाको तथ्याङ्क संङ्कलन गरेको छ ।

सिडियो शिशिर पौडेलको रोहबरमा जोमसोममा संञ्चालित होटल तथा रेष्ट्रेन्टहरुमा वालश्रमिक वालवालिकाको अनुगमन गरिएको जनाईएको छ ।महिला तथा वालवालिका कार्यालयले यसप्रकारको अभियान १ वर्षअघि सुरु गरेको भनिए पनि वालश्रमिक अभियान प्रभावकारी बन्न सकेको छैन ।कार्यालयले जोमसोमका केही होटलमा मात्र वालश्रमिक मुक्त होटल लेखिएको साईन बार्ड टाँसे पनि अधिकाँश होटल तथा रेष्टुरेन्टमा साईनबोर्ड टाँसिएको दैखिन्न ।

‘यसपटक वालश्रमिक मुक्त जिल्ला अभियानका साथ अनुगमनमा जुटेका छौ,यसलाई व्यवसायी समेतकोे सहयोग आवश्यक छ’ कार्यालयकी निमिक्त प्रमुख सरिता थकाली भनीन् ‘हामीले बिनम्रतापुर्वक अनुरोध र निवेदन जाहेर ग¥यौ,१८ वर्ष उमेर समुहका वालवालिकालाई घरेलु कामकाजमा लगाउनु कानुनी अपराध ठहर्छ ,अटेरी गरि कामकाजमा लगाएको पाईए कारवाही प्रक्रिया अघि बढाउछौ।’निमिक्त कार्यालय प्रमुख थकालीले जोमसोमका केही होटल तथा रेष्टुरेन्टमा वालवालिकालाई घरेलु कामकाजमा लगाएको पाईएको र उनीहरुलाई सम्झाई बुझाई नीजको अभिभावकको जिम्मा लगाउन निर्देशन दिईएको बताईन् ।यसप्रकारको अभियानलाई जिल्ला व्यापी रुपमा अनुगमनकार्य अघि बढाईने बताईन् ।

कार्यालयको आयोजनामा भएको अनुगमनमा जिल्लाका सरोकारवाला निकाय,सुरक्षाकर्मी स्थानीयतहका जनप्रतिनिधि र पत्रकारको टोली सम्मिलित थिए ।उक्त वालश्रमिक अनुगमनमा करिव सयभन्दा बढी होटल तथा रेष्टुरेन्टको नीरिक्षण भएको जनाईएको छ ।जसमध्ये केही होटल तथा रेष्टुरेन्ट व्यवसायीले अहिलेसम्म वालवालिकालाई घरेलु कामकाजमा लगाईएको पाईएको छ ।

धार्मिक तथा पर्यटकिय जिल्ला मुस्ताङमा करिव ५ सयको हाराहारीमा होटल तथा रेष्टुरेन्ट संञ्चालनमा छन् ।यसका अलावा बेनी÷जोमसोम र जोमसोम ÷कोरला सडक अनि यहाँ निर्माण भईरहेका भौतिक बिकास तथा पुर्वाधार निर्माणकार्यमा जिल्ला बाहिरका मजदुरहरुका वालवालिकाहरुको संग्लनता देखिएको छ ।कार्यालयले सदरमुकाम जोमसोममा मात्र अनुगमन केन्द्रित गरेपनि मुस्ताङको तल्लोक्षेत्र घाँसा देखि उपल्लो मुस्ताङको लोमान्थाङ सम्म अनुगमन गर्न सकेको छैन ।जहाँका होटल तथा रेष्टुरेन्टमा जिल्ला बाहिरका गोर्खा,धादिङ,रुकुम,रोल्पा र बाग्लुङ आदीका वालवालिकालाई घरेलु कामकाजमा परिचालन गरिएको अवस्था छ ।जसमध्ये कतिपयले घरेलु कामकाजका साथै उनीहरुलाई स्कुलमा भर्ना गरेका छन् भने कतिपयले पुरै होटलको कामकाजमा केन्द्रित गरेको पाईएको छ ।त्यस्तै कालिगण्डकी करिडोर अन्र्तगतको कोरला सडकमा समेत वालवालिकालाई काममा लगाईएको पाईएको छ ।

प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले कानुनी मापदण्ड विपरित वालवालिकालाई काममा लगाईएको पाईएमा कारवाही गर्ने बताएका छन् ।उनले राज्यल वालवालवालिका शैक्षिक उज्यालोबाट बञ्चित नहोस भनेर विद्यार्थी भर्ना अभियाननै संञ्चालन गरेको उल्लेख गर्दे शिक्षाबाट बिमुख भएका वालवालिकाहरुलाई वालवालिका कार्यालयको समन्वयमा उद्दार गरिने जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds