ट्रिपर दुर्घटनामा ज्यान गुमाएका मजदुरको शव आफन्तलाई बुझाइयो ।घटनाप्रति मुस्ताङका सांसदद्धारा दुःख व्यक्त

ट्रिपर दुर्घटनामा ज्यान गुमाएका मजदुरको शव आफन्तलाई बुझाइयो ।घटनाप्रति मुस्ताङका सांसदद्धारा दुःख व्यक्त

fg1

सुन्दर कुमार थकाली,,लोघेकर दामोदरकुण्ड गाउँपालिका ३ तामाखोलामा ट्रिपर दुर्घटनामा ज्यान गुमाएकाहरुको शब आफन्तलाई जिम्मा लगाउने प्रयास भईरहेको जनाईएको छ ।

शुक्रवार जोमसोम कोरलाखण्डमा सडकको काम गर्दे आएका मजदुरहरु बिहानको खाना खाई ट्रिपरमा फर्कने क्रममा दुर्घटना भएको हो ।बिरुवा कन्ट्रक्सन जेभीले प्रयोग गर्दे आएको बा २ ख २२१९ नम्बरको ट्रिपर शुक्रबार दिउँसो २ बजेको समयमा सडकबाट ६० मिटर तल खसेको थियो ।बालुवाले भरिएको ट्रिपरमा ३२ जना मजदुर चढेका थिए ।


दुर्घटनामा ज्यान गुमाएका मजदुरहरुको शव शनिवार १२ बजे देखि नेपाली सेनाको एमआई हेली मार्फत नीजका आफन्तहरुलाई बुझाईदै छ ।मुस्ताङका सिडियो शिशिर पौडेलका अनुसार ट्रिपर दुर्घटनामा ज्यान गुमाएका रोल्पाका वर्ष २८ का सुकमान रोक्का,वर्ष १९ का महेश रोक्का,वर्ष ३२ का राजकुमार पुन,वर्ष ३२ की सन्तु घर्ती,वर्ष ३१ की जीतमाया घर्ती,वर्ष२० की सृजना मगर,वर्ष२३ का राष्ट्रे रोक्काको शव रोल्पाको लिवाङ सदरमुकाम छोडिने ,दाङका वर्ष ३० बालकुमार घर्ती,वर्ष ३१ कविता घतीमगर,वर्ष ३५ सुबेर चौधरी,वर्ष ४३ की शान्ती थापा,वर्ष २५ का कमल बुढाको शव घाराही क्रिकेट मैदानमा छोडिने र धादिङका ट्रिपर चालक सुजन घलामीको शव धादिङ बेशीमा पु¥याउन लागिएको डिएसपी महेन्द्र खड्काले जानकारी दिए ।बाँकी मजदुरको शव मनिपाल शिक्षण अस्पताल पोखरामा लगिएको जनाईएको छ ।

दुर्घटनामा परेर घाईते भएका १२ जनाको शव पोखराको मनिपाल अस्पतालमा उपचार भईरहेको छ ।
प्रतिनिधि सभाका सांसद प्रेमप्रसाद तुलाचन,प्रदशे सभासद महेन्द्रबहादुर थकाली,ईन्द्रधारा विष्ट,चन्द्रमोहन गौचनले दुर्घटनामा ज्यान गुमाएका मजदुर प्रति श्रद्धान्जली व्यक्त गर्दे घाईतेको राम्रो उपचार र उचित क्षति पुर्तिको माग गरेको छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds