ढुम्बामा बाढी आउँदा ३७ लाख क्षति

ढुम्बामा बाढी आउँदा ३७ लाख क्षति

38926567_256889151592042_2521629424659464192_n

सुन्दरकुमार थकाली, मुस्ताङ । शनिवार मध्यराती बाढी आउदा मुस्ताङको ढुम्बा गाउँमा करिव ३७ लाख बराबर क्षती भएको छ भने ढुम्बा खोलाले थुपारेको बालुवा र गेग्र्यानका कारण कालिगण्डकी नदीले धार परिवर्तन गर्दा बेनी – जोमसोम सडकखण्डको मार्फा–स्याङ जोड्ने ५० मिटर सडक समेत बगाएको छ ।

घरपझोङ गाउँपालिका वडा नं.५ ढुम्बा गाउँमा मध्याह् परेको हुलुका वर्षा संगै मध्यरातमा बाढी आउदा भौतिक संरचना र स्याउबारीलाई क्षती पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । गएरातीको बाढीले ढुम्बा गाउँमा करिव ३७ लाख बराबरको आर्थिक क्षती भएको निरीक्षक रेग्मीको भनाई छ ।

बाढीले स्थानीयको भौतिक संम्पतीमा क्षती पु¥याएपछि आईतबार बिहान प्रहरी टोली क्षतीग्रष्त स्थान ढम्बा गाउँ पुगेको थियो ।प्रहरीले ढुम्बा खोलाको बाढीले पु¥याएको क्षतीको लगत संङ्कलन समेत गरेको जनाएको छ ।प्रहरीका अनुसार बाढीले ढुम्बाखोला सिचाई मुल आयोजनाको एन्टेक ट्याङ्की र १४ ईन्चको २ सय मिटर लामो खानेपानी पाईपलाईन बगाएको छ ।सो स्थानमा खानेपानीको संरचनामा असर पु¥याउदा ढुम्बा मुल सिचाई आयोजनालाई करिव ८ लाख बराबर क्षती पुगेको प्रहरीको भनाई छ ।त्यस्तै ढुम्बा खोला नियन्त्रणका लागि खोलाको उत्तर÷दक्षिणतर्फ लगाईएको २ सय मिटर लामो तटबन्ध बाढीले बगाउदा करिव २० लाख बराबर क्षती पुगेको छ ।


बाढीले ढुम्बा गाउँको एकतले सामुदायिक भवन(समाज घर) र परम्परागत तारा खेल्ने मैदानमा समेतमा क्षती पु¥याउदा करिव १ लाख बराबरको भौतिक संम्पती नष्ट भएको छ भने,स्थानीय दुर्गा बि.क. घर र आमा समुहले लगाएको सामुदायिक स्याँउबारीमा समेत खोला पसेर क्षती पु¥याउदा करिव ६ लाख ५० हजार रुपैया आर्थिक संम्पती नष्ट भएको छ । त्यसैगरी,बाढीकै कारण स्थानीय कर्मा गुरुङले लगाएको ६० वटा स्याउँका रुखहरु र ४० मिटर खोला नियन्त्रणका लागि लगाईएको तटबन्ध तारजाली बगाउदा करिव २ लाख क्षती भएको छ भने,लाक्पा छेम्जोङ गुरुङको घरमा रहेको २ सय थान स्याउ प्याक गर्ने कार्टुन र सय केजी चौपायालाई दिने घाँस पनि बाढी पसेर पुर्णरुपमा क्षती भएको प्रहरीले जनाएको छ ।

ढुम्बाकी स्थानीय प्रतिभा थकालीका अनुसार बाढीका कारण केहीघरधुरी उच्च जोखिममा परेको खुलाईन् । ढुम्बाको ठाँडो खोलाको बाढी अकस्मात उर्लिएर आउँदा बस्तीकी उनी संगै दुर्गा बिकको परिवार समेत हताहत भऐको स्मरण गरिन् ।‘खोला ठुलो आवाजगरी उर्लिदै बस्तीतर्फ हानियो,उनले भनीन्‘मध्यरात भाडा वर्तन लिएर किनारा लाग्यौ ।’बाढीले स्थानीय प्रतिभा संगै दुर्गाको घरमा करिव ३ मिटर जती गेग्र्यान र बालुवा थुपिूएको छ ।घरमा बाढी पसेपछि प्रतिभा र दुर्गाका परिवार विस्थापित भएर छिमेकीको घरमा बसेको प्रतिभाले बताईन् ।निलगिरी हिमालको फेदबाट बग्ने उक्त ढुम्बाखोलाको बहाव बढ्दा २ वर्षअघि पनि स्थानीयले लगाएको स्याउबारी र तटबन्धमा क्षती पु¥याएको थियो ।

त्यस्तै,ढुम्बाखोलाको बाढीले कालिगण्डकी नदी छेउ किनारामा बालुवा र गेग्र्यान थुपार्दा कालिगण्डकी नदीले धार परिवर्तन गरेको छ । घरपझोङ गाउँपालिका ३ तल्लो स्याङमा रहेको खुल्लाचौर समेतलाई बगरमा परिणत गरेको छ ।ढुम्बा खोलाको गेग्रयानले नदी किनाराको जमिनको सतह वृद्धि भएपछि कालिगण्डकी बस्ती तर्फ मोडिएको स्थानीयवासीको भनाई छ ।त्यस्तै नदिले धार परिवर्तन गर्दा बेनी जोमसोम सडकखण्डको मार्फा स्याङ जोड्ने करिव ५० मिटर सडक समेत बगाएको गाउँपालिका अध्यक्ष आशबहादुर थकालीले जानकारी दिए ।नदीले सडक बगाएपछि करिडोरको डोजरले सडक खुलाएको अध्यक्ष थकालीको भनाई छ । त्यस्तै,शनिबार वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी बस्ती माथि लगाएको तटबन्ध भरिदा त्यहाँ रहेका आधा दर्जन घरहरु जलमग्न भएका थिए ।त्यहा पनि करिडोरमा प्रयोग भएको डोजले नदी नियन्त्रण गरेपछि बस्ती सुरक्षित गरिएको थियो ।

ढुम्बा खोलाको बाढीले स्थानीयवासीको आर्थिक धनजनको क्षती पु¥याएपछि आईतबार जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हामो गुरुङ,गाउँपालिका अध्यक्ष आशबहादुर थकाली,उपाध्यक्ष शर्मिला गुरुङ,प्रदेश सभाका सांसदहरु,निमित्त प्रमुख जिल्ला अधिकारी रामसुन्दर शर्मा लगायत जिल्ला स्थित तीन वटै सुरक्षा निकायको टोलीले अनुगमन गरेको थियो ।त्यस्तै,कालिगण्डकी नदीले धार परिवर्तनगरी सडक बगाएपछि करिडोरको प्राविधिक टोली सडक सुचारु गर्न स्याङ पुगेको थियो ।


यसअघि लगातारको अविरल वर्षाका कारण वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर २ पर्ने पुडाक सिचाई कुलो पुर्ण रुपमा क्षती भएको थियो ।सो स्थानमा सिचाईमा प्रयोग भएको पाईप र निर्मित कुलो पुर्ण रुपमा नष्ट भएको हो ।जसबाट २१ लाख बराबरको भौतिक संरचना नष्ट भएको जिल्ला स्थित विपद् व्यवस्थापन समितिले जनाएको छ ।समितिका अनुसार सोही गाउँपालिका वडा नम्बर १ मा पर्ने ओखर बोटले बसेको प्राचिन बस्ती लुप्रा गाउँलाई लक्षित गर्दे पान्डाखोलाको नदी कटानले बस्ती जोखिममा परेपछि बस्ती संरक्षण गर्न खोलाको धार परिवर्तन गर्न डोजर प्रयोग गर्दा ५ लाख खर्च भएको विपद् समितिले जनाएको छ ।त्यस्तै,जोमसोम÷ मुक्तिनाथ सडकमा पर्ने पान्डाखोला नजिकै रहेको बस्ती संरक्षणका लागि खोलाको बहाव नियन्त्रण गर्न २ लाख खर्च भएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ४ कागबेनी धर्मशालाको छेउमा २ वर्षअघि पुर्ण वाणिज्यमन्त्री रोमी गौचन थकालीको सांसद बिकास कोषको आथिक सहयोगमा निर्माण भएको कागबेनी देखि नजिकैको तिरी गाउँ जोड्ने अन्दाजी ५० मिटर लामो काठेपुल कालिगण्डकी नदीको कटानले बगाउदा २१ लाख क्षती भएको हो भने धार्मिक महत्वको श्राद्ध स्थल समेत जोखिममा परेको थियो ।

त्यस्तै, घरपझोङ गाउँपालिका ५ ठिनी गाउँ माथिको खोलाको मुहानबाट जोमसोममा सिचाईका लागि प्रयोग भएको मुहान समेत बाढीले नष्ट गरेको जनाएको छ ।ठिनी खोलाले सिचाई मुहान नष्ट गरिदिदाँ करिव १५ लाख बराबरको आर्थिक क्षती पुगेको थियो ।घरपझोङ गाउँपालिका वडा नम्बर २ मार्फामा पनि कालिगण्डकी नदीको कटानले स्याउँबारी तथा खेती योग्य जमिन र सार्वजनिक बिकासमा क्षती पु¥याएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds