प्रदेशमा अत्याधुनिक रङ्गशाला, स्थानीयतहमा खेलग्राम: मन्त्री बिश्वकर्मा

प्रदेशमा अत्याधुनिक रङ्गशाला, स्थानीयतहमा खेलग्राम: मन्त्री बिश्वकर्मा

g1

सुन्दरकुमार थकाली,  मुस्ताङ । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले देशका ७ वटै प्रदेशकेन्द्रमा अत्याधुनिक रङ्गशाला र ७ सय ५३ वटै स्थानीयतहमा स्तरिय खेलग्राम निर्माण गर्ने उद्घोष गरेका छन् ।

थाकखेलकुद तथा सांस्कृतिक बिकास संघ मुस्ताङले बिहिबार पर्यटकिय गाउँ मार्फामा आयोजना गरेको ४८औं संस्करणको थाक खेलकुद तथा च्याम्पियनशिप रनिङ शिल्ड प्रतियोगितामाको उद्घाटन गर्दे मन्त्री बिश्वकर्माले त्यसका लागि संघीय सरकारले ७० प्रतिशत बजेट बिनियोजन गर्ने जानकारी गराए ।पूर्वाधारका लागि हिमाली तथा पहाडीक्षेत्रमा २५ रोपनी र तराईक्षेत्रमा २ बिगा जग्गा स्थानीयतहले उपलब्ध गराउनुपर्ने सुझाए ।


आवश्यक पूर्वाधार बिना नेपाली खेलाडीहरुले राष्ट्रका लागि खेल खेलिरहेको चर्चा गर्दे मन्त्री बिश्वकर्माले खेल पूर्वाधार निर्माण गर्न सरकार लागिरहेको उल्लेख गरे ।उनले चाल बजेटमै अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्षका साथ काठमान्डौंमा खेलकुद परिषद निर्माण गर्ने योजना रहेको सुनाए ।देशको सुहाउँदो भौगोलिक हावापानी प्रकृतिले दिएको उपहाँरको बखान गर्दे मन्त्री बिश्वकर्माले यस्तो प्रकारको भौगोलिक संरचना अन्य देशमा खोजेरै नपाईने दावी गरे ।मन्त्री बिश्वकर्माले देशको भूगोल र हावापानी सुहाउँदो एडभेन्चर स्पोर्ट र हाईअल्टिच्यूट खेल मैदान बिस्तार गर्ने योजना मुताबिक मुस्ताङमा पूर्वाधार निर्माण गर्न डिपिआर सर्वे भईरहेको जानकारी दिए ।उनले यि पूर्वाधार निर्माण भए अन्य मुलुकका खेलाडी यहाँ नआई सुख्खै नहुने दावी गरे ।

प्राकृतिक सम्पदाले भरिपूर्ण देशमा भौगोलिक विविधता,जैविक विविधता,भाषा कला साहित्यको विविधता र जलवायू तथा वनस्पती विविधता भएर पनि देश गरिब हुन पुग्नु दुभाग्य भएको उल्लेख गर्दे मन्त्री बिश्वकर्माले बिगतका एकिकृत सामन्ती केन्द्रिकृत राज्यसत्ताका कारण देश र जनतापछि पर्न पुगेको टिप्पणी गरे ।खेलकुद मन्त्री बिश्वकर्माले नेपालीहरुको काँधमा सुशासन बिकास र आर्थिक समृद्धिको राष्ट्रिय लक्ष हासिल गरेर देशलाई समृद्ध तुल्याउने दायित्व सरकारको काँधमा आईप्गेको बताए ।‘संसारका धेरै मुलुक खेलकै माध्यमले आर्थिक समृद्धि हासिल गरेका छन् ।खेलक्षेत्रकै बिकासले देशको समुन्नत बिकास हुन्छ ।’उनले भने ।


मन्त्री बिश्वकर्माले मुस्ताङको बखान गर्दे भने धार्मिक ,सांस्कृतिक,पुराताक्तिक र कलासाहित्यले मुस्ताङ धनी जिल्ला भएको उल्लेख गर्दे उनले मुस्ताङ भ्रमण गरिसकेका पर्यटकले कहिल्यै मुस्ताङलाई बिर्सन नसक्ने दावी गरे ।मुस्ताङवासीको आतित्थ्यता फरक भुगोल र प्राकृतिक सुन्दरता यहाँको यादगार स्मरण रहने श्रोत भएको बताए ।उनले मुस्ताङमा थाक खेलकुदको ईतिहाँस आधासताब्दी लामो भएको उल्लेख गर्दे यहाँ सम्म खेललाई अघि बढाउनु यहाँका थाकखेलकुदको सवल पक्ष भएको टिप्पणी गरे ।उनले यसप्रकारको आयोजनाले नेपालकै खेलक्षेत्रको बिकास तथा समृद्धिका लागि महत्वपूर्ण योगदान पूग्ने चर्चा गरे ।

प्रतिनिधिसभाका सदस्य प्रेमप्रसाद तुलाचनले मुस्ताङमा वर्षेनी संञ्चालन हुने थाक खेलकुद प्रतियोगिताले यहाँका यूवाहरुमा भावनात्मक संम्वन्ध जोड्न योगदान पुगेको दावी गरे ।उनले जिल्लाको खेलकुद बिकासका लागि सदरमुकाम जोमसोममा स्तरिय कर्भडहल निर्माण गर्ने योजना रहेको सुनाए । प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकालीले खेलकुदका माध्यमले सास्कृतिक सम्वन्ध प्रगाढ बनाएको बताए ।कार्यक्रममा प्रजिअ शिशिर पौडेल,जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ र घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली लगायतले जिल्लाको खेलकुद बिकासकाबारेमा चर्चा गरेका थिए ।


थाकखेल प्रतियोगिता उद्घाटन समारोहमा संघले समाजसेवी भक्ति हिराचनलाई अभिनन्दनसहित सम्मान गरेको छ । त्यस्तै थाकखेलकुद संञ्चालनार्थ सहयोग गर्ने चन्दादाता तथा प्रायोजकलाई पनि संघले सम्मान गरेको हो ।आन्तरिक तथा बाह्य पर्यटन प्रर्वधन गर्ने लक्षका साथ मोफसलमा आयोजना हुँदै आईरहेको प्रतियोगिता थाक खेलकुद जिल्लाकै महान् उत्सवका रुपमा यहाँका स्थानीयले लिने गरेका छन् ।

मुस्ताङको तल्लोक्षेत्रका २ स्थानीयतह घरपझोङ र थासाङ गाउँपालिकाका ८ टिम सहभागीता हुँदै आएका छन् ।थाकखेलकुदमा जनहित यूवाक्लव जोमसोम ,जनकल्याण यूवाक्लव स्याङ,मिलिजुली यूवाक्लव मार्फा,नीलगिरी यूवाक्लव टुकुचे,धौलागिरी यूवाक्लव कोवाङ,निर्मल स्पोटिङ यूवाक्लव लेते,अन्नपूर्ण यूवाक्लव ताक्लुङ र सिक्ससोल्टी यूवाक्लव घाँसा छन् ।

प्रतियोगितामा पुरुष तथा महिला भलिबल,आर्चरी प्रतियोगिता,मार्चमास ,मिस मुस्ताङ,गायन प्रतियोगिता लगायत बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने थाक खेलकुद तथा सांस्कृतिक बिकास संघका अध्यक्ष चन्द्रमोहन गौचनले जानकारी दिए ।उनले प्रतियोगिता लगातार ४ दिन सम्म संञ्चालन हुँने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ