बालबालिकाले गरे विद्यालयलाई कम्प्युटर सहयोग

बालबालिकाले गरे विद्यालयलाई कम्प्युटर सहयोग

39053834_1708039022651526_6906033569148174336_n

पोखराको बगरमा रहेको संस्कृत मा वि लाई १७ वर्ष भन्दा मुनिका बालबालिकाले करिब दुई लाख बराबरको कम्प्युटर सहयोग गरेका छन ।

युकेमा बस्दै आएका ६ जना बालबालिकाले युकेमानै नृत्य गरि संकलन गरेको रकमले उक्त विद्यालयमा चार थान कम्प्युटर सहयोग गरेका हुन । ” केही समय अगाडि नेपाल घुम्न आउदा विद्यालयलमा पुग्दा अवस्था कमजोर  देखेका  कारण साथिहरुलाई आग्रह गरि नृत्य गर्दै रकम संकल गरि सहयोग गरेको १७ वर्षिय निश्चल गुरुङले बताए । ”

यो स्कुलमा म आउदा यहाँ केही अपरच्युनिटी देखिन, अहिलेको जेनेरसन कम्प्युटरको हो यहाँ त्यो देखिन अनि मैले साथीहरुलाई भने साथिहरुले पनि सहयोग गर्नु भयो” गुरुङले भने । “पढेर ठूलो मान्छे बनी नेपाल निर्माण गर्नुहोला” गुरुङले आग्रह गरे । गुरुङको आग्रमा उनका साथी १३ वर्षिय साथि  आयुषा गुरुङ, १७ वर्ष मुनिका सुवास श्रेष्ठ, आरोन गुरुङ ,अरिना गुरुङ र एन्जल गुरुङले नृत्य गरि रकम संकलन गरेका थिए ।

सम्मानित व्यक्तित्वहरु

१७ वर्ष मुनिका बालबालिकाले गरेको सहयोग विधार्थिको भबिस्यको लागि महत्वपूर्ण रहेको विधालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द नेपालीले बताए । आफुहरुलाइ राज्यले सहयोग नगर्दा विधालय बन्द हुने अवस्थामा यसरी सहयोग आउनाले विधालयलाइ उर्जा मिलेको नेपालीले बताए ।

सोही क्रममा बोल्दै कास्की जिल्ला न्यायाधीश दिपेन्द्र अधिकारीले विदेशमा बसेर सानै उमेरमा पनि देशलाइ आफ्नो ज्ञान र विवेकको प्रयोग गरि शैक्षिक क्षेत्रमा पुर्याेएको योगदान निकै महत्वपूर्ण र सम्मानजनक रहेको उनले बताए ।  वडा १ का  वडा अध्यक्ष शारदा पराजुलिले बोल्दै  हाम्रो सहयोग र  साथ हुने बताउनु भएको छ । बिद्यालयले  वडालाइ नमुना वडा बनाउन बालबालिकाको शैक्षिक स्तरन्नोती गर्नु पर्ने बताइन ।

विद्यालयलाई गरेको सहयोगले अब विधार्थिलाइ कम्प्युटर शिक्षा समेत प्रदान गर्ने विधालयका प्रधानध्यापक कृष्ण प्रसाद देवकोटाले बताउनु भएको छ  । विधार्थिको शैक्षिक स्तर वृद्धि गर्न इलाइवेरी निकै फलदायी हुने र विधार्थीलाई पढाइ प्रती थप टेवा पुग्ने उनले बताए ।

उक्त अवसरमा क्याप्टेन हितकाजी गुरुङले एक लाख ५१ हजार एक सय १५ रुपैयाँको अक्षयकोष स्थापना गर्दै विधालयको शैक्षिक स्तर उन्नतिको लागि अफुले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा भोजन ब्यबस्थापनको लागि ओम गुरुङ द्धारा ५०२० रूपयाँ सहयोग गरेका थिए । कार्यक्रममा बिद्यालयलाई सहयोग पुर्याउनुहुने वडा अध्यक्ष शारदा पराजुली , निश्चल गुरुङ, आयुषा गुरुङ, शिवजी श्रेष्ठ,चम्पासिंह गुरुङ ,ओमकुमारी  गुरुङ र युबा ज्योतिषी कमल पौडेल शास्त्री लाई सम्मान गरिएको थियो |

कार्यक्रममा गायक विवेक श्रेष्ठ,शिवजी श्रेष्ठ  लगायतले बोलेका थिए । कार्यक्रममा चार थान कम्प्युटर र वडाको तर्फ बाट ५० जना विधार्थिलाइ झोला र पोशाक वितरण गरेको शिक्षिका  कलादेवी बरालले बताइन । । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष  गोबिन्द नेपालीको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत मन्तब्य सहायक प्रअ श्रीकृष्ण सिग्देल र कार्यक्रम संचालन शिक्षिका कलादेबी बरालले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ