बिद्युत समस्या समाधानका लागि सरोकारवालाको भेला

बिद्युत समस्या समाधानका लागि सरोकारवालाको भेला

38458580_244182236202843_3224282453627633664_n
समस्याको निकास प्राधिकरण
सुन्दरकुमार थकाली,मुस्ताङ
मितिः२०७५।०४।२०
हिमालपारी मुस्ताङमा विगत लामो समय देखि भैईरहेको बिद्युत आपुर्ति समस्या समाधानका लागि जिल्लाका प्रदेश सांसदहरुले सक्रियता देखाएका छन् ।
लामो ुसमय देखि नियमित यहाँ भैईरहेको बिद्युत समस्या समाधान नहुदा स्थानीय स्तरमा चर्को जनआक्रोस बढ्दै जान थालेपछि प्रदेशका सभासद द्धय महेन्द्रबहादुर थकाली र चन्द्रमोहन गौचनले बिद्युत नियमित गर्न सरोकारवाला निकायलाई प्रशासनमा उपस्थित गराई यसबारे संम्भावित उपायहरुको खोजी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तातोपानी बिद्युत बितरण केन्द्रका ईन्जिनीयर राजेन्द्र लालदेव र थापाखोला हाईड्रो पावरका आयोजना प्रमुख अनिल श्रेष्ठलाई प्रत्यक्ष उपस्थित गराई बिद्युत आपुर्तिमा देखिएका बिद्यमान समस्या र त्यसको निराकरणका लागि अल्पकालिन तथा दिर्घकालिन उपायहरुका बारेमा बृहत छलफल भएको प्रमुख जिल्ला अधिकारी शिशिर पौडलले जानकारी दिए ।

प्रजिअ पौडेलको अध्यक्षतामा आईतबार बसेको सर्वदलिय तथा सर्वपक्षिय उक्त भेलाले हाल देखिएको बिद्यमान बिद्युत आपुर्ति समस्या समाधान गर्न विभिन्न ८ बुँदे निर्णय गरेको छ ।प्रशासनको हातामा भएको बैठकले थापाखोला हाईड्रो र तातोपानी बितरणकेन्द्रको आपसी समन्वयमा आवश्यक फिल्ड कर्मचारी थप्ने र नेपाल बिद्युत प्राधिकरण तातोपानी बितरणकेन्द्र देखि मुस्ताङ सम्मको बिद्युत प्रशारण लाईनलाई नियमित मर्मत सुधार कार्यलाई प्राथमिकताका साथ अघि बढाउने,पर्वतको मोदीखोला जलबिद्युत आयोजनालाई १२०÷३३ के.भी.को ट्रान्सफरमरलाई ३३ के.भी.मा लैजान नेपाल बिद्युत प्राधिकरणलाई अनुरोध गर्ने,उपल्लो मुस्ताङमा बिद्युत लाईन बिस्तार गर्न तातोपानी बितरण केन्द्रले प्राधिकरणलाई अनुरोध गर्ने,प्राधिकरण बेनी बितरणकेन्द्रलाई मुख्य प्रशारण लाईन र शाखा प्रशारण लाईनमा रहेका ट्रान्सफरमर प्रशारण लाईन समयमा मर्मत गर्न अनुरोध गर्ने,प्राधिकरण तातोपानी शाखा र निलगिरी सहकारीबीच नियमति संम्पर्क गर्ने र स्थायी रुपमा समस्या समाधानका लागि नेपाल बिद्युत प्राधिकरणमा अनुरोध गर्ने,मुस्ताङको कोवाङ सम्मको ३३ के.भी. प्रशारण लाईनलाई ११ के.भी. प्रशारण लाईनमा बदल्न तातोपानी र बेनी बितरण शाखालाई अनुराध गर्ने र उपल्लो मुस्ताङमा ३ वटा ३३÷११ के.भी.,१.५. एम.भि.ए. ट्रान्सफरमरको लागि नेपाल बिद्युत प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यसअघि  मुस्ताङका जननिर्वाचित प्रतिनिधिहरुले नेपाल प्राधिकरणकै पदाधिकारीहरु संग वार्ता संम्पन्न गर्दा समेत बिद्युत समस्या  सुल्झन सकेको छैन् ।तातोपानी बिद्युत बितरणकेन्द्र,थापाखोला हाईड्रो पावर र निलगिरी उपभोक्ता सहकारीबीच भएको  छलफलमा एकले अर्कालाई प्राविधिक कमिकमजोरी देखाएपनि यसको तत्काल र दिर्घकालिन निकासका लागि फेरी पनि उधारै सहमति भएको हो ।निलगिरी उपभोक्ता ,थापाखोला ,तातोपानी बितरणका पदाधिकारीकै आआफना समस्या देखाएर उम्कने प्रयास गरिएपनि अन्तिममा नेपाल प्राधिकरणकै भरपर्नु पर्ने निर्णयमा उल्लेख भएका बुदाँले पुष्टि गर्दछ ।तर मुस्ताङको बिद्युत आपुर्ति समस्या सुल्झाउन एकले अर्कोको कमजोर होईन समन्वयात्मक भुमिका आवश्यक पर्ने लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु बिष्टले सुझाए ।उनले हाल देखिएको आपुर्ति समस्या सुल्झाउन प्राविधिक टोलीलाई फिल्टमा तम्तयार अवस्थामा खटाईनु पर्ने उल्लेख गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ