बुट्यानकाडाँ जोगाउन ग्याँसको प्रयोग

बुट्यानकाडाँ जोगाउन ग्याँसको प्रयोग

gandak

सुन्दर कुमार थकाली,मुस्ताङ
हिउँदयामको समय अत्यधिक चिसो हुने स्थान हो उत्तरी कोरलानाका ।जसअन्तर्गतको नजिकैको गाउँ हो लोमान्थाङ गाउँपालिकाको छोसेर गाउँ ।उपल्लो मुस्ताङका २ स्थानीयतह जंगल विहिन छन् ।जसकारण त्यहाँ रैथानै बसोबास गर्ने स्थानीयलाई बिहान बेलुकीको खाना पकाउने तथा घरमा पालन गरिएका चौपायालाई कुडो पकाउने जस्ता दैनिक कार्यमा समस्या पर्ने गरेको छ ।

स्थानीयले गाउँका लेकमा जंगल नहुदाँ मरुभुमी बगरमा पाईने बुट्यान काडाँ र चौपायाको गुईठा प्रयोग गर्ननै पर्ने बाध्यता छ।हिउँदयाममा घर कुर्न बसेका स्थानीयले पनि यही गुईठा र बुट्यान काडाँको भरमा जाडो काट्छन् ।उपल्लो मुस्ताङमा केन्द्रिय बिद्युतीय लाईन बिस्तार हुन नसक्दा पनि यस्तो समस्या देखिएको हो ।छोसेरमा स्थानीयले सौर्यउर्जाबाट सामान्य उज्यालोको महशुस मात्र गर्न पाए पनि अन्यकार्यमा यसको प्रयोग हुने गरेको छैन । हिउँदयामको चिसोमा न्यानोका लागि यिनै गुईठा र बुट्यानकाडाँको भर पर्नुपर्ने हुन्छ ।तर जाडोमा प्रभावकारी नहुने भएपनि गर्मीयाममा यसको बिकल्प खोज्दै बुट्यान काडाँ संरक्षण गर्न ग्याँसको प्रयोग गर्न थालिएको छ ।

सदरमुकाम जोमसोमदेखि करिव १ सय किलोमिटर उत्तरतर्फ अवस्थित छोसेरमा बुधबार पहिलो पटक खाना पकाउने एल्पी ग्याँस गाउँमा भित्र्याईएको छ ।प्राकृतिक सुन्दरता जोगाउ,खाना पकाउने ग्याँसको उपयोग गरौ भन्ने नारा सहित अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना,ईलाका संरक्षणक्षेत्र कार्यालय,संरक्षण व्यवस्थापन समिति( सिएमसी)ले गाउँमै ग्याँस डिपो संञ्चालन गरेर यसलाई अघि बढाएको हो ।जसबाट छोसेरका १ सय ४९ घरधुरी र २ गुम्बा बिद्यालय प्रत्यक्ष लाभान्वित हुने जनाईएको छ ।लामो समयदेखि स्थानीयले बगरमा पाईने बुट्यान काडाँ र घर पालुवा चौपाया आदीको गुईठा ईन्धनको रुपमा प्रयोग गर्दे आईरहेकोमा वातावरणिय सन्तुलन कायम राख्न समितिले ग्याँसको व्यवस्था मिलाएको समितिका अध्यक्ष तामघिङ गुरुङले जानकारी दिए ।उनले अनाधिकृत रुपमा बुट्यान काडाँको फडानी भएको र पछिल्लो समय जलवायु परिवर्तनका कारण वातावरणिय संन्तुलन बिग्रदै गईरहेकाले यसको संरक्षण गर्न एक घर एक ग्याँसको व्यवस्था मिलाइएको जनाए ।उनले डिपो संञ्चालन भएपछि स्थानीयलले गाउँमा ग्याँस खरित्न सक्ने जनाए ।

मरुभुमीको जिल्ला हिमालपारी मुस्ताङको लेकमा पाईने बुट्यान काडाँको बिनासले वातावरणमा असर पु¥याएको जनाउदै यसको संरक्षण गर्ने उद्देश्यले संरक्षण व्यवस्थापन समिति छोसेरले ग्याँस डिपो संञ्चालनका लागि २ लाख २० हजार र लोमान्थाङ गाउँपालिकाले २ लाख आर्थिक सहयोग जुटाएको जनाईएको छ ।डिपोका लागि संरक्षण व्यवस्थापन समितिले तत्कालका लागि १ सय ६१ वटा ग्याँस सिलिन्डर जोहो गरेको र क्रमशः सिलिन्डरको संख्या थपिदै लगिने समितिकी सचिव याङजिन गुरुङले जानकारी दिईन् ।

बिसुद्ध नाफा मुलक नभई बुट्यान काडाँ संरक्षण गर्ने उद्देश्यले ग्याँसको सुविधा मिलाईएको समितिले जनाएको छ ।यसका लागि तत्कालका लागि उपभोक्तालाई बजारकै भाउमा ग्याँस सिलिन्डर उपलब्ध गराईने र अनुदान प्राप्त भएमा ढुवानी समेत छुट गरिने जनाएको छ ।मुस्ताङका सिडियो शिशिर पौडेलले प्राकृतिक संरचना जोगाउन ग्यासको प्रयोग उपयुक्त माध्यम भएको बताउनुभयो । जति माटोको संरक्षण गर्न सक्यो ,त्यतिनै स्थानीयलाई फाईदा पुग्ने उल्लेख गर्दे सिडियो पौडेलले धेरै माटो उपयोग गर्न थालिए माटोको नोक्सान हुने र यसले वोटविरुवा र जिवजन्तु समेतलाई हानी पु¥याउने स्पष्ट पारे ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण कुमार विष्टले वातावरणलाई जोगाउन सकिए मानिसको स्वास्थ्य राम्रो रहने बताउदै यसका लागि स्थानीयहतले मात्र होईन स्थानीयवासीको समेत दायित्व रहने बताउनुभयो ।उनले उपल्लो मुस्ताङवासी चेतनाका कारणले लामो समयदेखिपछि पर्दे आएको उल्लेख गर्दे व्यक्तिगत स्वार्थ त्यागेर शैक्षिक बिकासमा जोड दिन आवश्यक भएको औल्याए ।‘उपल्लो मुस्ताङमा जैविक विविधता र प्रचुर खनिजहरुको संम्भावना भएको क्षेत्र हो‘उनले भने‘ यहाँका लागि पर्यटक लोभ्याउने प्राकृतिक संम्पदा संरक्षण जोगाउन स्थानीयकै दायित्व रहन्छ ।’उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ