मुस्ताङःबाढी पहिरोको सहयोगमा जुट्यो युवासमिति

मुस्ताङःबाढी पहिरोको सहयोगमा जुट्यो युवासमिति

39329225_305571600002591_2825332283056062464_n

सुन्दरकुमार थकाली
मुस्ताङ,१ भाद्र ।
जिल्ला युवा समिति मुस्ताङ यसपटक वाढी पहिरो सहयोगमा जुटेर उदाहरणीय कार्य गरेको छ ।

 युवा समितिले जिल्लाका युवाहरुलाई उद्यम बिकास तथा क्षमता अभिबृद्धि लगायत आर्थिक लगानीमा योगदान गर्दे आईरहेकोमा समितिका पदाधिकारीहरुले मानवीय सहयोगकामा जुटेका हुन् ।  बाढी पहिरो पीडितको उद्दार तथा बेनी जोमसोम सडक सुचारु गर्न भौतिक सहयोगमा जुटेको समितिका अध्यक्ष सम्राट गौचनले जानकारी दिए ।

समितिले कालिगण्डकी करिडोर सडक संग सहकार्य गर्दे सडक खुलाउन लागि परेको हो । केही दिन अघि ढुम्बाखोलाको बाढीले बालुवा र गेग्रान बगाएर जमिनको सतहको उचाई वृद्धि हुँदा कालिगण्डकी नदीले धार परिवर्तन गर्दा मार्फा जोड्ने स्याङको तल्लो बस्ती नजिकको सडक बगाएको हो ।यात्रुुको सुविधालाई मध्यनजर गर्दे समिति र कडिोरको सयुक्त प्रयासमा सडक खुलाउने कार्य अघि बढाएको थियो ।त्यस्तै समितिले स्याउँको तल्लो बस्तीमा रहेका २ घरधुरीलाई जोखिमबाट मुक्त गर्न आवश्यक तटबन्ध बन्दोबस्त र तटबन्ध लगाउन जुटेको अध्यक्ष सम्राट गौचनको भनाई छ ।


एकसाता अघि ढुम्बा गाउँमा आएको बाढीले त्यहाँ रहेका सिचाईकुलो,खानेपानी पाईप ,स्याउँवारी र स्थानीयको केहीघरमा क्षति पु¥याएको थियो ।त्यहाँ पनि समितिका सदस्यहरु पुगेर भौतिक सहयोगमा जुटेको अध्यक्ष गौचनले जनाए ।‘मानवीय सहयोगमा जुट्ने युवाहरुको कर्म भएको र समितिले सोही अनुसार कार्य गरेको हो ।’उनले भने ।


त्यस्तै कालिगण्डकी नदीको कटानले गत सोमबार देखि बेनी जोमसोम सडक अवरुद्ध भएको छ ।उक्त सडकको काभ्रेभीर र घाँसा जोड्ने कुनाघाटमा कटानले वाल सहित सडक पुरै बगाएको हो । सडक खुलाउन करिडोर संगै युवा समितिले भौतिक सहयोग गरिरहेको जनाएको छ ।नदी कटानले सडक पुरै बगाएपछि करिडोर लगायत सबै सरोकारवाला निकायको प्रयासमा बिहिबार देखि भीर फोरेर सडक ट्याक खोल्ने कार्य जारी रहेको अध्यक्ष गौचनले जनाए ।त्यस्तै सडकको ट्याक खोल्न करिडोरलाई चाहिने आवश्यक उपकरण व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयले संम्विन्धि निकायलाई सहयोगको पत्र पठाएको हो ।


काभ्रेभीर नजिक फायरिङ गरेर सडक ट्याक खोल्ने तथा त्यसको निरीक्षणका लागि प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल सहित ,करिडोरका प्रतिनिधि ,युवासमितिका सदस्यहरु ,जोमसोम स्थित बज्रदल गण तथा शैनिक उच्चशिखर शिक्षालयका नेपाली सेनाको टोली र जनप्रतिनिधि अवरुद्ध सडक भएको स्थानमा पुगेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ