मुस्ताङमा प्रारम्भिक कक्षा पढाई संम्वन्धि एकदिने अभिमुखिकरण

मुस्ताङमा प्रारम्भिक कक्षा पढाई संम्वन्धि एकदिने अभिमुखिकरण

20180617_130341

सुन्दर कुमार थकाली,मुस्ताङ
एकदिने जिल्ला स्तरिय राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अभिमुखिकरण जोमसोममा संम्पन्न भएको छ ।
जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाईद्धारा आईतवार आयोजित कार्यक्रममा बिद्यालयमा पढ्ने स–साना वालवालिकाको प्रारम्भिक कक्षा पढाई तथा उनीहरुको पठनशिप तथा त्यसको बिकासमा स्तर बृद्धि गर्दे १ देखि ३ कक्षा सम्मका वालवालिकाको पठनशिपमा क्रमिक सुधार गर्ने उद्देश्यले सरोकारवालालाई प्रशिक्षण गराईको जनाईएको छ ।

प्रमुख अतिथी घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले प्रारम्भिक कक्षा पढाई अन्तर्गत स–साना वालवालिकाको पढाईशिप बिकासमा यसप्रकारको कार्यक्रम फलदायी रहेको उल्लेख गरे ।उनले विद्याथीलाई सरलबाट जटिलतीर भन्ने शिक्षण शिकाईको मान्यतलाई प्रारम्भिक कक्षा पढाई तथा पठनशिप कार्यक्रमले पुरा गर्ने दावी गरे ।उनले वालवालिकामा जति धेरै शब्दको ज्ञान प्राप्त हुन्छ ,त्यक्तिनै उनीहरुको पठनशिपको बिकास हुने भएकाले यस प्रकारको कार्यक्रमलाई सबै सरोकारवाला निकायले सहयोग गर्नुपर्नेमा जोड दिए ।घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले प्रारम्भिक कक्षा पढाई कार्यक्रमलाई विद्यालय स्तरमा मात्र नभई वालवालिकाको घर सम्म पढाईशिपको बिकास गर्न आवश्यक देखिएको जनाईन् ।उनले गतवर्ष देखि लागु भएको यसप्रकारको कार्यक्रमले प्रारम्भिक कक्षामा पढ्ने बिद्यार्थीको क्षमतामा स्तरबृद्धि भएको पाईएको र यसलाई स्थानीयतहले समेत अनुगमन गरेर अभिभावकहरुलाई सुसुक्षित गर्नुपर्न उल्लेख गरिन् ।

त्यस्तै,जनहित माविका प्राधानाध्यापक रामचन्द्र अधिकारीले युरोपेली मुलुकमा १ देखि ३ सम्म पढ्ने वालवालिकामा १ मिनेटमा ७० वटा शब्दको ज्ञान लिने मान्यता रहेको उल्लेख गर्दे त्यसकै प्रतिफल वालवालिकामा यस मोडलको शैक्षिक अवधारणा सुरु भएको जनाए ।उनले अन्तराष्ट्रिय देशहरुमा प्रारम्भिक पढाईमा ५ तत्व समाबेश गरिएको र नेपालमा लेखाई शिप बिकास थप गरि ६ तत्वको पढाईशिपको बिकास गर्न यसप्रकारको कार्यक्रम लागु भएको बताए ।नेपालमा वर्षमा १ सय ९० दिन अनिवार्य वालवालिकालाई प्रारम्भिक कक्षाको पढाई गर्नुपर्ने र साविक पढाई समयलाई बृद्धि गरेर ९० मिनेट सम्मको कक्षा संञ्चालन अनिवार्य गराईएको जनाए ।

जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख मतिलाल चपाईले बिद्यार्थीको पठनशिपको बिकासमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम प्रभावकारी भएको दावी गरे ।उनले बिद्यार्थीको पढाईमा केन्द्रित रहेर शिक्षाको गुणस्तरमा सुधार गर्नु मुख्य लक्ष भएको उल्लेख गर्दे एक वर्षिय दौरानमा वालवालिकाको पढाई शिप बिकासमा प्रगती देखिएको खुलाए ।उनले यसप्रकारको शिक्षाले १ देखि ३ सम्मका बालबालिकामा बुझेर उपयुक्त गतिका साथ वाचन गर्न सक्ने, र वाचन गरिएका शब्द कोषको शहज ढंङ्गले अथ्र्याउन सक्ने भएकाले समतामुलक सिकाईमा जोड दिनसक्ने भएकाले पढाई र सिकाई प्रक्रियाको अभिबृद्धि हुने जनाए ।

यसअघि जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख मतिलाल चपाई प्रारम्भिक कक्षा पढाई कार्यक्रमबारे शहजीकरण गरेका थिए ।प्रमुख चपाईको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन प्राविधिक सहायक केशबहादुर बुढाथोकीले गरेका थिए ।जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाईको आयोजना र उपल्लो मुस्ताङको श्रोतकेन्दन्द्रको समन्वयमा लोमान्थाङ गाउँपालिकाको छोसेरको दिब्यदिप मावि र लोघेकर दामोदरकुण्डक गाउँपालिका चराङको चराङ आधारभुत बिद्यालयमा सरोकारवालाहरुलाई यसप्रकारको तालिम दिईसकिएको श्रोत व्यक्ति गोबिन्द श्रेष्ठले जानकारी दिए ।उनले जिल्लाको ५ वटै स्थानीयतहमा यसप्रकारको कार्यक्रम संञ्चालन गर्ने तालिका अनुसार उपल्लो मुस्ताङमा कार्यक्रम संम्पन्न भएको र बाँकी ३ स्थानीयतहमा पनि प्रारम्भिक कक्षा तालिम संञ्चालन हुने जानकारी दिए ।

नेपालमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम २०७३ देखि सुरु भएको जनाईएको छ ।जस अनुसार सुरुवाती वर्षमा सप्तरी,भक्तपुर,कास्की,बाँके,कञ्चनपुर र मनाङ गरि ६ जिल्लामा लागु भएको हो ।गतवर्ष यस कार्यक्रम अन्तर्गत १० जिल्ला थपिएका छन् ।जसमा धनकुटा,पर्सा,रुपन्देही,दाङ,सुर्खेत डोल्पा ,बर्दिया,कैलाली ,डढेल्धुरा र मुस्ताङ छन् । आगामी आर्थिक वर्ष नेपाल सरकारकै आर्थिक श्रोतबाट ५ जिल्लामा थप गर्ने लक्ष रहेको शिक्षा बिकास तथा समन्वय ईकाई कार्यालयले जनाएको छ ।

नेपालमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम शिक्षा बिभागले संञ्चालन गर्दे आएको हो भने यस कार्यक्रमलाई अमेरिकन अन्तराष्ट्रिय सहयोग नियोग (युएसएआईडी) ले आर्थिक तथा प्राविधिक सहयोग पु¥याउदै आएको छ ।यसप्रकारको अनुगमन तथा मुल्याङ्कन शैक्षिक गुणस्तर परिक्षण केन्द्रले गर्दे आएको छ भने सरोकारवालालाई प्रारम्भिक कक्षा पढाई तालिम संञ्चालनको व्यवस्था जनशक्ति बिकासकेन्द्रले गर्दे आएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ