यान्त्रिक प्रविधि प्रयोगमा हौसिए मुस्ताङका किसान,भिडियो सहित

यान्त्रिक प्रविधि प्रयोगमा हौसिए मुस्ताङका किसान,भिडियो सहित

gandak news

सुन्दर कुमार थकाली,मुस्ताङ
मिति २०७५।०३।३०
हिमालपारीको जिल्ला मुस्ताङमा यान्त्रिक प्रविधिप्रति स्थानीयको आर्कषण बढ्दै गईरहेको छ ।परम्पराग रुपमा प्रयोग गरिदै आईरहेको गोरु,झोपा जस्ता चौपाया गोठमै छाडेर पछिल्लो समय मुस्ताङका किसानले यान्त्रिक प्रविधि मिनी ट्रेलरको सहयतामा आधुनिक शैलीमा खेतवारी जोत्न लालायित भएका छन् ।

जिल्लामा भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले यसप्रकारको यान्त्रिक प्रविधि भित्र्याएपछि यसको माग ह्वात्तै बढेको हो ।आ.व. २०७३÷०७४ मा सरकारी परियोजनाले पहिलोपटक मार्फा स्याउ ब्लक संञ्चालन समितिलाई १२ थान यान्त्रिक हलो अनुदानमा वितरण गरेपछि यसको महत्व चुलिएको मार्फा स्याउँ ब्लक संञ्चालक समितिका अध्यक्ष राजु लालचनले बताए ।गोरु ,झोपाको व्यवस्थापनको समस्या,कामदारको अभाव,सिमित खर्चमा धेरै काम गर्न सकिने भएकाले यसप्रकारको बैज्ञानिक उपकरण उपयोगीसिद्ध भएको अनुभव सुनाए ।उनले मार्फा स्याउ ब्लक संञ्चालक समितिको ३२ थान मिनि टेलर रहेको र अन्य व्यक्तिले बिना अनुदान निजी रुपमा यसप्रकारको औजार खरिद गरेको जनाए ।

विगत २ वर्षअघि भित्रिएको यसप्रकारको यान्त्रिक प्रविधि जिल्लाका ५ वटै स्थानीयतहमा पुगिसकेको छ, भने जिल्लाको घरपझोङ गाउँपालिका मार्फा र ठिनीका स्थानीयले यसको प्रयोग बढी गरेको पाईएको छ । जिल्ला कृषि बिकास कार्यालयका कृषि प्रसार अधिकृत अनुप नैनावस्तीले धार्मिक तथा पर्यटकिय जिल्ला हिमालपारी मुस्ताङका किसानको व्यस्तता र भएका युवा जनशक्ति बिदेश पलायनको अवस्था यान्त्रिक आधुनिक प्रविधिको हलो ढु®ा खोज्दा ,देवता सावित भएको उल्लेख गरे । उनले परम्परागत ढाँचामा खेती गर्ने शैली झन्झटिलो भएकाले खेत जोत्दा गोरु,झोपा जुटाउनु पर्ने शास्तीलाई यसले सान्त्वना दिएको बताए । ‘सिमित खर्चमा मनग्ये आम्दानी लिन सक्ने भएकाले मुस्ताङमा मिनी हाते ट्रेलरको क्रेज बढेको छ । गोरु ÷झोपा भएका तर मिनी हाते ट्रेलर नभएका किसानले पनि मिनी ट्रेलर भाडामा लिएर भएपनि खेतवारी जोत्ने काम गरेका छन् ।’उनले भने ।

मुस्ताङको घरपझोङ गाउँपालिका कृषि शाखा प्रमुख विमल खड्काले स्थानीयतहको मागमा आधारित साझेदारी कार्यक्रम अन्र्तगत गाउँपालिकाले अनुदानमा कृषि यान्त्रिक प्रविधिका औजारहरु वितरण गरेको जानकारी दिए ।उनले कामदारको अभाव,समयको बचत,र कम खर्चिलो भएकाले यान्त्रिक प्रविधिको माग बढेको र यसलाई वर्षेनी पुरा गर्दे जाने योजना रहेको सुनाए ।शाखा प्रमुख खड्का अनुसार चालु आर्थिक वर्ष गाउँपालिकाले कृषि यान्त्रिक प्रविधि अन्र्तगत खेत जोत्ने मिनी ट्रेलर २६ थान र घाँस काट्ने रिफर ७ थान वितरण गरेको बताए ।उनका अनुसार घरपझोङ गाउँपालिकाले ठिनी,जोमसोम,स्याङ ,छैरो र चिवाङमा मिनि ट्रेलरमा २५ प्रतिशत र घाँस काट्ने रिफरमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो ।

हिमालपारीको जिल्ला मुस्ताङका स्थानीयवासीको जिविकोपार्जनको माध्यम भनेकै कृषि र पर्यटन व्यवसाय मुख्य मानिएको छ ।परापुर्वकाल देखि म्स्ताङका स्थानीयवासीले गोरु झोपाकै सहयोगमा परम्परागत ढाँचामा खेती गर्ने चलनचल्ती थियो ।तर पछिल्लो समय स्थानीयले आधुनिक यान्त्रिक प्रविधिद्धारा खेती गर्न रुची देखाएपछि सदियौ देखि प्रयोग गरिदै आईरहेको गोरु ,झोपा जस्ता घरपालुवा चौपायाहरु विस्थापित हुने संङ्केत देखिएको छ । खेतीवारी खनजोत तथा जंगलका दाउरा ओसार्ने प्रयोजनमा पालिएका परम्परागत गोरु ,झोपाहरु जंगलका दाउरा र खेतमा मल बोक्ने काम मात्रै सिमित हुन थालेका छन् ।

निकै सजिलो र भरपर्दो मानिएको यान्त्रिक प्रविधिको मिनी टे«लर हलोले एकजना किसान एक्लैले दैनिक ४ देखि ६ वटा सम्म खतीवारी जोत्न सक्ने स्थानीय किसान सुन्दर मगरको भनाई छ ।‘गोरु झोपाले जोत्दा स्याउँको बोट उखेलिन सक्ने डर हुन्छ, तर यान्त्रिक प्रविधिले खेत जोत्दा स्याउँवारीलाई कुनै नोक्सान हुदैन’उनले भने‘ साना साना खेत जोत्न सजिलो भएको छ ।थोरै श्रम ,जनशक्ती कम र समयको किफायत हुन्छ ।’उनले यो प्रविधि सजिलो र भरपर्दो भएपनि यसको मर्मत केन्द्र जिल्लामा हुनुपर्ने सुझाए ।उनका अनुसार पछिल्लो समय यातायातको संञ्जाल जोडिएपछि स्थानीयले गोरु,झोपा र घोडा र खच्चड समेत पालन गर्न छाडिसकेकाले थोरै खेती हुने किसानलाई यसले राहत प्रदान गरेको उल्लेख गरे ।

मुस्ताङको खेती योग्य जमिन ३ हजार ६ सय हेक्टर जमिन मध्ये २ हजार ८ सय हेक्टर जमिनमा विभिन्न फलफुल तथा तरकारी र फापर,उवा,आलु,जौ र मकै आदी जस्ता हिउँदे र वर्षे वाली उत्पादन हुने गर्छ ।त्यसमध्ये यहाँ १२ सय हेक्टर जमिनमा स्याँउ खेती गरिदै आएको पाईन्छ । पछिल्लो समय यहाँका स्थानीयले खेर गएका सार्वजनिक जग्गामा समेत सामुदायिक स्याउँ खेती संञ्चालन गरेपछि स्याउँ फलाउने जमिनको तथ्याङ्क बढ्ने क्रममा रहेको हो ।मुस्ताङका ५ वटै स्थानीयतहमा धेरै ,थोरैले कृषि आधुनिक यान्त्रिक प्रविधि पछुयाईरहेको पाईएको छ । जसका कारण जिल्लामा यसप्रकारको यान्त्रिक प्रविधिको माग वर्षेनी बढिरहेको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ