स्थानीय र गाउँपालिकाको सहमतिपछि टेन्डर खुल्यो

स्थानीय र गाउँपालिकाको सहमतिपछि टेन्डर खुल्यो

n

सुन्दरकुमा थकाली, मुस्ताङ । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको रानीपौवामा अवस्थित बसपार्क निर्माणमा स्थानीय गाउँमुखिया र स्थानीय क्लवको महत्वपूर्ण योगदान रहेको जनाउदै उक्त स्थानमा उठाईने पार्किङ शुल्क गाउँपालिकाले उठाउने होईन, रानीपौवावासीलेनै उठाउन पाउनुपर्ने माग राख्दै शुक्रबार बिरोधमा उत्रिएका रानीपौवावासीहरु अन्नतः सहमतीको बिन्दुमा आईपुगेका छन् ।

वारागुङ मुक्तिक्षत्र गाउँपालिकाका प्रशासकिय अधिकृत दिपक रेग्मीका अनुसार स्थाानीयवासी र गाउँपालिकाबीच भएको सौहार्दपुर्ण वार्तापछि रानीपौवावासी सहमतीको बिन्दुमा आएको जानकारी दिए।वार्तामा गाउँपालिका भित्रको हरेक भौतिक संरचनामा उठ्ने राजश्वमा सबै वडाहरुको उक्तिकै स्वामित्व रहने र यसलाई गाउँपालिकाको ईजाजत बिना साबिकको जस्तो कुनै व्यक्ति ,गाउँसमाज,समुह र क्लव, आदीले मनोमानी ढं®ले उठाउन नपाईने बताए । उनले वार्तामा गाउँपालिकाले बिकास र राजश्वका बारेमा रानीपौवावासीलाई राम्ररी जानकारी दिएर आश्वस्त पारिएको बताए ।सहमतीपछि स्थानीयवासीले पार्किङ शुल्क उठाउने ठेक्काका लागि डेन्डर खसालेको गाउँपालिकाले जनाएको छ ।

यसअघि गाउँकार्यपालिकाको निर्णय अनुसार मुक्तिनाथको रानीपौवा बसपार्क र कागबेनीको धर्मशाला नजिकैको बसपार्कमा सवारी पार्किङ शुल्क उठाउने १५ दिने सूचना प्रकाशित गरेको थियो ।गाउँकार्यपालिकाले ५ लाख रकम नघ्ट्ने गरी बढिबढाउमा टेन्डर आहवान गरेको अन्तिम दिनमा स्थानीयले बिरोध गरेको प्रशासकिय अधिकृत रेग्मीले जानकारी दिए ।रानीपौवाका स्थानीयले भने बसपार्क निर्माणमा क्लव र गाउँले सबैको योगदान रहेको भन्दै गाउँपालिकाले रकम उठाउन नपाउने तर यस वापत केही रकम गाउँपालिकालाई बुझाउने आशय सहित बिरोध प्रर्दशन गरेको रेग्मीको भनाई छ ।सुरुआतमा मुक्तिनाथ बसपार्कको ट्याक स्थानीय जनप्रिय युवाक्लवले निर्माण गरेको बुझिएको छ ।त्यसपछि डोलीडारले कागबेनी देखि मुक्तिनाथ सडक कालोपत्रे गर्ने शिलशिलामा मुक्तिनाथको रानीपौवा बसपार्क फराकिलो र कालोपत्रे गरेको हो ।

हिमालपारी मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरको दर्शन तथा कागबेनीधामको पवित्र श्राद्ध स्थलमा वर्षेनी हजारौको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक कागबेनी र मुक्तिनाथ आउने गरेका हुन्छन् ।यहाँ आउने सवारी साधनबाट उठाईने पार्किङ शुल्कले वारागुङको बिकासमा सहयोग पुग्ने रेग्मीको भनाई छ ।यसअघि रानीपौवावासीले ब्यानर र प्लेकार्ड सहित गाउपालिका कार्यालय आईपुग्दा अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ र प्रशासकिय अधिकृत दिपक रेग्मी वारागुङ १ खि®ा र झारकोट गाउँमा उपभोक्ता समिति गठनका लागि सो स्थानमा पुगेका थिए ।यता, रानीपौवावासीले कार्यालयमा बिरोध र धर्ना दिएको खबर सुन्ने बिक्तिकै अध्यक्ष र प्रशासकिय अधिकृत गाउँपालिका फर्किएर वार्ता गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ