उपल्लो मुस्ताङका शिक्षकले बुझाए स्थानीयतहलाई बिरोध तथा मागपत्र

उपल्लो मुस्ताङका शिक्षकले बुझाए स्थानीयतहलाई बिरोध तथा मागपत्र

gautam

सुन्दर कुमार थकाली ,सहयोगी गौतम सुवेदी ,उपल्लो मुस्ताङका शिक्षक टोलीले स्थानीयतहलाई बिरोध तथा मागपत्रको ज्ञापनपत्र पेश गरेका छन्नेपाल शिक्षक महासंघ लोमन्थाङले आईतवार लोमान्थाङ गाउँपालिका कार्यालयमा २८ बुँदे बिरोध तथा मागपत्र पेश गरेको हो ।शिक्षा ऐनमा गरिएका व्यवस्था र विगतमा शिक्षक महासंघ संग भएका सम्झौता कार्यान्वयमा सरकार उदासिन भएको ठहर गर्दे अविलम्ब शिक्षकहरुका माग सम्वोधन गर्न शिक्षक महासंघले सरकारलाई ध्यानआर्कषण गराएको हो । महासंघले देशका ७७ वटै जिल्लामा यसप्रकारको विरोध तथा मागपत्र पेश गरेको छ भने, सो क्रममा लोमान्थाङका शिक्षकहरुले पनि गाउँपालिका कार्यालयमा पुगेर विरोध तथा मागपत्र बुझाएका हुन् ।

शिक्षक महासंघका जिल्ला प्रतिनिधि बुद्ध आ।वि।का प्रअ जीवनाथ शर्मा तथा श्री राष्ट्रिय आ वि।का शिक्षक गौतम सुवेदीले हस्ताक्षरित ीबरोध तथा मागपत्रमा २०७१ सालमा स्थापना भएको शिक्षक महासंघले संम्पूर्ण शिक्षकहरुको पेशागत हकहितका लागि कार्य गर्दे आईरहेको जारी बिज्ञप्तीमा भनीएको छ ।बिज्ञप्तीमा समय सापेक्षिक शिक्षाको बिकास तथा पेशागत मर्यादा र पेशागत हकहितको सुनिश्चिताप्रति प्रतिबद्ध रहेको जनाएको छ ।विगतमा शिक्षामन्त्री र प्रधानमन्त्रीलाई समेत बिगतमा शिक्षक महासंघ उठाएका मागहरु पेश गरिएकोमा ति माग संम्वोधन गर्न सरकारले कन्जुस्याई गरेको जनाउदै महासंघले आन्दोलन बाटो रोज्नु परेको जारी बिज्ञप्तीमा उल्लेख छ । विरोध तथा मागपत्र वाचन श्री राष्ट्रिय आ।वि। लोमन्थाङका प्र।अ। दिवाकर तिवारीले पढेर सुनाएका थिए ।

सो अवसरमा लोमान्थाङका निमित्त प्रशासकिय अधिकृत बिजय श्रेष्ठ समक्ष ज्ञापनपत्र बुझाउदै दिव्यदिप मावि छोसेरका प्रधानाध्यापक रामुप्रसाद श्रेष्ठले शिक्षकहरुको छाता संगठन शिक्षक महासंघले संम्पूर्ण शिक्षकहरुको पेशागत हक हितको लागि कार्य गर्दै आएको उल्लेख गर्दे स्थानीय निकायको ज्याजती बढ्दै गएको र शिक्षा क्षेत्र स्वयंम् अस्तव्यस्त भएकाले यसको समुचित समाधानको लागि ज्ञापन पत्र बुझाउनु परेको बताए ।उनले शिक्षकहरुको माग पुरा संम्वोधन नभए अर्को चरणको आन्दोलन गर्ने बताए ।

कार्यक्रममा लोमन्थाङ गाँउपालिकाका सम्पुर्ण विद्यालयका प्रअ तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ