मुस्ताङ दुर्घटनाका परिवारलाई १ लाख ५२ हजार राहत संङ्कलन

मुस्ताङ दुर्घटनाका परिवारलाई १ लाख ५२ हजार राहत संङ्कलन

IMG_2844

सुन्दर कुमार थकाली,मुस्ताङ
हिमालपारी मुस्ताङको स्याङवोचेमा गत शुक्रवार भएको ट्रिपर दुर्घटनामापरी ज्यान गुमाएका मजदुर परिवारका लागि धौलागिरी आवासिय मावि जोमसोमले राहत संङ्ककलन गरेको छ ।. विद्यालयमा अध्ययनरत जुनियर रेडक्रस सर्कलका विद्यार्थी तथा शिक्षकले मंगलवार १ लाख ५२ हजार आर्थिक राहत जुटाएका हुन्।

धौलागिरी जुनियर सर्कलद्धारा संङ्कलित नगद राहत मंगलवार मुस्ताङ प्रमुख जिल्ला अधिकारी शिरिर पौडेलको रोहबरमा सो विद्यालयका लेखापाल राजुकुमार भट्टचन ,शिक्षक राजेशकुमार शाह र जुनियर रेडक्रस सोसाईटी धौलागिरीका सभापती पेमा वाङ्गेल गुरुङले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सभापती चन्द्रबहादुर थकालीलाई स्थानीय प्रशासनकै हातामा संयुक्त रुपमा नगद राहत हस्तान्तर गरेका हुन् ।

राहत हस्तान्तरण गर्नुअघि विद्यालयका प्रिन्सिपल चन्द्रबहादुर गुरुङले विपद्का बेला मानवीय सहयोग गर्नु नागरिकको धर्म भएको उल्लेख गरे ।उनले विगतका समयमा पनि धौलागिरी जुनियर रेडक्रस परिवार तथा रेडक्रस शाखा मुस्ताङले भुकम्प तथा दैवी प्रकोपमा परेकाहरुको सहयोगका लागि मानवीय रुपमा जुट्दै आएको खुलाए ।प्रिन्सिपल गुरुङले मजदुर परिवारको राहतका लागि सहयोग प्रदान गर्ने सबै प्रति आभार व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल मुस्ताङमा जिल्ला बाहिरबाट सडकको काम गर्न आएका निदोष मजदुरहरुको अकल्पनीय र अनपेक्षित रुपमा ठुलो दुर्घटना भएको उल्लेख गर्दे विपन्न ज्यान गुमाएका परिवारका लागि यसप्रकार सहयोग प्रंशसनीय भएकाृे बताए ।उनले मानवीय विपतमा परेकालाई सहयोग गर्नु मानवीय धर्म भएको उल्लेख गर्दे रेडक्रस जस्तै कर्मचारी क्लव मुस्ताङले राहतकार्य अघि बढाउदै गरेको जनाए ।उनले रेडक्रसको संम्वन्धित जिल्लाको समन्वयमा पीडित परिवारलाई पु¥याउन लागिएको भरपर्दो माध्यम उपयुक्त र छरितो भएको बताए ।


त्यस्तै धौलागिरी जुनियर रेडक्रस तथा शिक्षकहरुले संङ्कलन गरेको राहत बुझ्दै रेडक्रस शाखा सभापती चन्द्रबहादुर थकालीले हिमालपारीको चिसो मरुभुमीमा घरपरिवारको आर्थिक जोहोका लागि सडकको कार्यस्थलमा खटिदै आएका विपन्न मृतक  मजदुरका परिवारलाई मानवीय सहयोग गर्नेकार्य मुस्ताङप्रतिको सकारात्मक सन्देश भएको बताए ।उनले असल नागरिक र असल समाजको रुपान्तरण मानवीय सहयोगले नै पुरा गर्न सकिने जनाउदै यहाँ कार्यरत श्रमिक तथा कर्मचारीलाई हिमालपारी मुस्ताङले आपत र विपतका बेला कहिल्यै नबिर्सने उदाहरणको परिचय दिलाएकोमा जुनियर रेडक्रस धौलागिरीलाई धन्यावाद व्यक्त गरे ।उनले आगामी दिनमा पनि यसप्रकारको विपतका बेला मुस्ताङवासीनै एकजुट हुनुपर्ने सुझाए ।

मुस्ताङको घरपझोङ गाउँपालिकाका ४ वडाहरु ठिनी,जोमसोम,स्याङ,मार्फा आदी स्थानबाट जम्मा पारिएको आर्थिक राहत दामासाहीका आधारमा संम्वन्धि मजदुरका परिवारलाई जिम्मा लगाईने व्यवस्था गरिएको जनाईएको छ ।राहत हस्तान्तरण कार्यक्रममा मुस्ताङका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्का,जिल्ला अनुसन्धान प्रमुख महेश गुरुङ,महिला बिकास अधिकारी शावित्रा शाह,शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख मतिलाल चपाई ,पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दर कुमार थकाली लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

गत शुक्रवार उपल्लो मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा रोल्पाका ९ जना,दाङका ६ जना र धादिङ,स्याङ्जा,कैलाली र ओखलढु®ाका ६ जना मजदुरले ज्यान गुमाएका थिए।त्यस्तै घटनामा घाईते भएका १२ मजदुरको पोखरामा उपचार भैईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ