ओहो ! ११० किलोको बोको (फोटो फिचर)

ओहो ! ११० किलोको बोको (फोटो फिचर)

goat-bhoko-3

पोखरा, २३ चैत । पोखराको हेमजामा विहीबारदेखि सुरु भएको राष्ट्रिय आलु महोत्सवमा बोको आकर्षण बन्यो ।

आलु महोत्सवमा एक सय १० किलोको बोको प्रदर्शन गरेसंगै त्यसलाई हेर्नेको भिड नै लाग्यो । लामाचौतारा खुट्टेगौडा टोल विकास संस्था तथा अभिभावक समुहको ¥यालीमा पोखरा लेखनाथ महानगरपालिका २५, हेमजाका झपट बहादुर थापाले पालेको बयर जातको बोको उक्त महोत्सवमा प्रदर्शन गरेका थिए ।

दुई बर्ष अघि थापाले तनहुँको बन्दीपुरबाट माउ सहित एउटा बोका २५ हजार रुपैयामा किनेका हुन् । उनले हाल ठुलो बयर प्रजातिका ४ वटा बाख्रा पालेका छन् ।

प्रदर्शन गरिएको उक्त बोको ६० हजार रुपैंयासम्ममा बेच्ने योजना सुनाए । दुई बर्षको उक्त बोकोट स्थानिय जातका बाख्रामा क्रस समेत गरिँदै आएको थापाले बताए । उक्त बोकोबाट स्थानिय बाख्रामा एक पटक क्रस गरिएको ५ सय लिने गरेका छन् ।


तस्विरः सागरराज तिमिल्सना, गन्थन डटकमबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ