जनहित वालविकासकेन्द्रलाई आर्थिक तथा शैक्षिक सामाग्री वितरण

जनहित वालविकासकेन्द्रलाई आर्थिक तथा शैक्षिक सामाग्री वितरण

pis

सुन्दरकुमार थकाली,मुस्ताङ
मितिः२०७५।०४।०१
हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ४ जोमसोममा अवस्थित साँढे ३ दशक पुरानो मानिएको वालविकासकेन्द्रलाई आर्थिक सहयोग तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

जनहित माध्यमिक विद्यालयको स्वामित्वमा संञ्चालित स–साना वालवालिका पढ्ने वालविकासकेन्द्रलाई सोमवार मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रका अध्यक्ष गेशे सोनाम गुरुङले नगद २१ हजार र पाईला नेपाल मुस्ताङका तर्फबाट अध्यक्ष रजनी शेरचनले करिव १० हजार मुल्य बराबरको शैक्षिक समाग्रीहरु वालविकासकेन्द्र व्यवस्थापन समितिकी अध्यक्ष मिमकुमारी शेरचनलाई हस्तान्तरण गरेका हुन् ।

मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रका अध्यक्ष गेशेको पहलमा उनले आफ्ना निकटवर्ती संन्ध्या डगलसले वालविकास केन्द्रलाई आर्थिक सहयोग जुटाएका हुन् ।त्यस्तै पाईला नेपाल मुस्ताङले जिल्लाका विभिन्न विद्यालयलाई शैक्षिक सामाग्री उपलब्ध गराउने क्रममा चालुवर्ष वालविकास केन्द्रलाई प्रदान गरिएको जनाईएको छ ।


सहयोग हस्तान्तरण कार्यक्रममा वालविकास केन्द्रको मुख्य प्रवेशद्धारा व्यवस्थित तथा स्तरोन्नतीका लागि ३२ हजार आर्थिक संङ्कलन भएको अध्यक्ष मिमकुमारी शेरचनले जानकारी दिईन् । मुस्ताङमा वालविकास केन्द्र २ वटा संञ्चालनमा छन् ।जसमध्ये समता वालविकास केन्द्र अर्को हो ।धार्मिक तथा पर्यटकिय जिल्ला मुस्ताङ त्यसमाथि यहाँका यहाँ २ तिहाई जनता कृषि व्यवसायमा आवद्ध छन् ।त्यस्तै,जिल्ला वाहिरबाट हिमालपारी मुस्ताङमा विभिन्न काम गर्ने मजदुरको संख्या पनि उक्तिकै छ ।यहाँका व्यवसायी ,कृषक तथा जिल्ला बाहिरका मजदुरका छोराछोरीहरु स–साना वालवालिकालाई वालविकास केन्द्रले न्युन शुल्कमा पढाई तथा संरक्षण गरिने भएकाले संम्वन्धि अभिभावकहरुलाई अन्यकार्य गर्न सजिलो भएको हो ।

सहयोग तथा शैक्षिक समाग्री हस्तान्तरण कार्यक्रममा घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले वालवालिका भविष्यको कर्णधार भएकाले वालशिक्षा र संरक्षण आवश्यक भएको बताईन् ।उनले आफु पनि वालविकास केन्द्रमै बसेर शिक्षा लिएको उल्लेख गर्दे यसको संरक्षण र विकासमा आफु सदैव कटिवद्ध रहने जनाईन् ।वालविकास केन्द्रले शिक्षाका साथसाथै संरक्षकत्व प्रदान गरेकाले यसको बिकासमा अभिभावनक सहयोग महत्वपुर्ण हुने उल्लेख गरिन् ।

पाईला नेपाल मुस्ताङकी अध्यक्ष रजनी शेरचनले वालवालिकाको शिकाई अभ्यास पाठ्यपुस्कले मात्र पुरा नगर्ने उल्लेख गर्दे शैक्षिक समाग्रीका माध्यमबाट शहज रुपमा शिक्षा प्रदान गर्न सकिने भएकाले सामाग्री हस्तान्तरण गरिएको जानकारी दिईन् ।उनले वालविकासकेन्द्रको स्थापनाले यहाँका विभिन्न सरोकारवाला अभिभावकहरुलाई राहत पुगेको स्मरण गरिन् ।

मुस्ताङका सभासद महेन्द्रबहादुर थकालीको विशेष उपस्थितीमा भएको कार्यक्रममा वालविकासकेन्दकी अध्यक्ष मिमकुमारी शेरचनले वालवालिकाको भविष्य निर्माण गर्ने थलो  केन्द्रलाई आर्थिक ,सामाजिक र भौतिक सहयोगको खाँचो रहेको उल्लेख गरिन् ।उनले वालविकासकेन्द्रकै संरक्षण र यहाँ पढेर ठुला भएका व्यक्तिले समेत आफु जस्तै शिक्षा प्रदान गर्दे गरेको केन्द्रको भविष्यका लागि जुट्न सके अन्य वालवालिकाको भविष्य निर्माणमा समेत टेवा पु¥याउने तर्क गरिन् ।

केन्द्रकी अध्यक्ष मिमकुमारी शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा संञ्चालन जनहित माविका प्रधानाध्यापक रामचन्द्र अधिकारीले गरेका थिए ।जनहित वालविकास केन्द्रमा हाल करिव ४० वालवालिका अध्यनरत छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ