मुस्ताङमा जलउत्पन्न प्रकोपको कार्यालय थप

मुस्ताङमा जलउत्पन्न प्रकोपको कार्यालय थप

gandaj3

सुन्दरकुमार थकाली
मुस्ताङ,४ असोज
मुस्ताङमा पहिलो पटक जलउत्पन्न प्रकोप तथा सिंचाई सव–डिभिजन कार्यालय स्थापना भएको छ ।यसअघि सिचाई कार्यालय रहेकोमा त्यसमा गण्डकी प्रदेशले जलश्रोतको जिम्मेवारी थपेको हो ।

संविधान दिवस २०७५ को अवसरमा संघीयसभाका सांसद माननीय प्रेमसाद तुलाचनले बुधबार एक समारोहकाबीच कार्यालयको उद्घाटन गरे ।सांसद तुलाचनले मुस्ताङमा जलश्रोत कार्यालय स्थापना हुनु मुस्ताङबासीका लागि स्वागतयोग्य भएको बताए ।उनले मुस्ताङ मा जलउत्पन्न प्रकोपको चपेटामा परेको उल्लेख गरे ।‘जलश्रोत कार्यालय मुस्ताङका लागि धेरै पहिलेको आवश्यकता हो ।कार्यालय स्थापनाले जनतालाई सुविधाप्राप्त गर्न अन्य जिल्ला धाउनुपर्ने समस्याको अन्त्य भएको छ ।’उनले भने ।बिगतमा जलप्रकोपका दृष्ट्रिले समस्यानै समस्या झेल्नु परेको उल्लेख गरे ।संघीय संसदमा तराई डुबानमा परेको कुरा जोडतोडले उठ्ने गरेको टिप्पणी गर्दे सांसद तुलाचनले त्यसभन्दा पहिले तराई डुबान जड केहो भन्नेबारे निक्र्योल गर्नुपर्ने सुझाए ।जिल्लामा भएका नदी कटानको समस्यालाई मन्त्रालय तथा बिभाग सम्म जानकारी गराएको उनले बताए ।

जलश्रोत तथा सिचाई बिकास सव –डिभिजन कार्यालय प्रमुख वंशीधर कोईरालाले सरकारले जिल्लाको सदरमुकाम बस्ती संरक्षण गर्न बिभिन्न योजना ल्याउने गरेको उल्लेख गरे ।उनले सरकारले लागु गरेको सदरमुकाम जोगाउ योजना मुस्ताङमा नपरेकाले यसतर्फ पहल गर्न सांसदहरुलाई आग्रह गरे ।सो अवसरमा कार्यालय प्रमुख कोईरालाले चालु वर्षको बिनियोजित बजेट तथा योजना सार्वजनिक गरे ।

सिचाई तथा जलउत्पन्न प्रकोपतर्फ चालुवर्ष प्रदेश र संघ सरकारको संयूक्त बजेट ८ करोड ८३ लाख बिनियोजन भएको छ । सिंचाई आयोजनाका लागि संघीय सरकारबाट क्रमागत योजना १५ वटा छन् ।आ.व २०७४ मा संम्पन्न भएका ३ आयोजना छन् ।जसमा कोवाङ को नर्साङ फाँट स्प्रीङ कलर योजना,कागबेनीको फल्याक सिंचाई आयोजना र कोवाङकै सौरुफाँट आयोजना हुन् ।त्यस्तै,काम संञ्चालन भईरहेका आयोजनामा घ्याकर सिचाई आयोजना,महादिरेवा सिचाई आयोजना,न्याम्रो सिचाई आयोजना र मुक्तिनाथ सिचाई आयोजना हुन् ।बाँकी सिचाई आयोजना चालु आर्थिक वर्षमा सुरुवात गरिने जनाईएको छ ।यसवर्ष सिचाईतर्फ संघीय सरकारले पुजिगत बजेट १ करोड १५ लाख बिनियोजन गरेको हो ।त्यस्तै ,गण्डकी प्रदेशले पनि जिल्लाका क्रमागत ७ आयोजनालाई २ करोड ७० लाख बिनियोजन गरेको हो ।जसमा छेङ्गुर सिचाई ,झोङ धवाङ सिचाई,ढुक्किया सिचाई,ढुक सिचाई,मोकिहिरा मुहान सिचाई,कुवा सिचाई र ध्ये थाङलुङ सिचाई छन् ।

जलउत्पन्न प्रकोप नियन्त्रण अन्तर्गत संघीय सरकारको ससर्त अनुदानमा संञ्चालित हुने आयोजनालाई बजेट बिनियोजन भएको छ ।नदी नियन्त्रण अन्तर्गत आपतकालिन तथा बाढी पहिरो पुनस्थापनाका लागि १० लाख र नदी नियन्त्रण अन्तर्गत कालिगण्डकी नदी नियन्त्रण कार्यका लागि २ करोड २५ लाख बिनियोजन भएको हो ।त्यस्तै जलउत्पन्न प्रकोपका लागि गण्डकी प्रदेश भौतिक पूर्वाधार बिकास मन्त्रालयले बिभिन्न आयोजनाका लागि २ करोड ३० लाख बजेट बिनियोजन गरेको छ ।जसमा लुप्रापान्डा खोला नियन्त्रण,तिरी खहरे खोला नियन्त्रण,नाम्बु खोला नियन्त्रण,पाङ खोला नियन्त्रण,लोमान्थाङ पहिरो नियन्त्रण,चोखो पानी खोला नियन्त्रण र आपतकालिन तथा बाढी पहिरो पुनःस्थापना कार्य छन् ।

प्रदेश सरकार तथा संघीय सरकारबाट संञ्चालित आयोजनाहरुको बिस्तृत अध्ययनका लागि ३३ लाख र बाढि पहिरो अध्ययनका लागि ३३ लाख खर्च छुट्याएको छ ।सिचाईतर्फ संघ र प्रदेशगरी ४ करोड १८ लाख र जलउत्पन्न प्रकोप तर्फ प्रदेश र संघको ४ करोड ६५ लाख बिनियोजन भएको छ ।

«

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ