करोडदातालाई जनआदर्शको सम्मान

करोडदातालाई जनआदर्शको सम्मान

g1

सुन्दरकुमार थकाली
मुस्ताङ,२४ भदौ ।
मुस्ताङकै एकमात्र कृषि प्राविधिक शिक्षालय थासाङ २ कोवाङको जनआर्दश अम्मरसिंह माध्यमिक बिद्यालयलाई करोडदान गर्ने तुलाचन परिवारलाई आईतबार बिद्यालयले एक भब्य समारोहकाबीच सम्मान गरेको छ ।

तीन वर्षअघि दिवंगत परिवारका सदस्य स्वर्गिय अमरसिंह तुलाचनको पूण्यस्मृतिमा तुलाचन परिवारले बिद्यालयलाई करोडको सहयोग गरेको हो । नब्बे वर्षिया बृद्धा आमा रत्न तुलाचन र अर्जुनसिंह तुलाचन सहितको परिवारले बिद्यालयको शैक्षिक बिकास तथा उज्वल भविष्यमा टेवा पु¥याउने उद्देश्यले आर्थिक सहयोग गरेको जनाएका छन् ।

बिद्यालयको ६७औं वार्षिकोत्सव सम्मान तथा अभिभावक दिवसका दिन आईतबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उक्त परिवारका सदस्यलाई फेता,खादाँले सम्मान गरे । तुलाचन सहित आमा रत्न तुलाचन,दाजु मोहनसिंह तुलाचन,छोरी उषा तुलाचन र बहिनी लाली तुलाचनलाई सो अवसरमा सम्मान गरिएको हो ।यसअघि बिद्यालयले चन्दादाता तुलाचन परिवारलाई बाजागाजासहित गाउँ परिक्रमा गराईएको थियो ।

भुपी शेरचनको पुख्यौलीथलो थाकटुकुचेमा जन्मिएका अर्जुनसिंह तुलाचनले नाउरिकोटमा १४ वर्ष देखि थासाङ लज संञ्चालन गर्दे आएका छन् । सम्मान कार्यक्रममा बोल्दै तुलाचनले आफ्नो परिवारले गरिव तथा निमुखा जनताका छोरीछोरीको शैक्षिक भविष्यको कामना गर्दे आर्थिक सहयोग गरेको बताए ।बिद्यालयको २ कार्यकाल व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका उनले कार्यव्यस्तताका कारण बिद्यालयको जिम्मेवारीबाट अवकास लिईसकेका छन्। तुलाचनले मनमस्तिक देखिको माया बिद्यालयप्रति रहेको खुलाए ।परिवारको उद्देश्य दुरदराजका गरिबका छोराछोरी शैक्षिक सहयोगका लागि भएको सम्मान समारोहमा बताए । बिद्यालयको शैक्षिक स्तरबृद्धिका लागि आर्थिक,भौतिक र सामाजिक रुपले उनको योगदान अतुलनीय छ ।

              सम्मानीत व्यक्तित्व तुलाचन परिवारलाई बाजाँगाजाँसहित गाउँ परिक्रमा गराईदै

नेपाल सरकार शिक्षा मन्त्रालयले देशका बिभिन्न जिल्लामा कृषि प्राविधिक शिक्षाको अवधारणा लागु गरेअनुसार थासाङ २ कोवाङमा ५ वर्षअघि पहिलो पटक कृषि प्राविधिक बिद्यालय संञ्चालनमा आएको हो । बिद्यालयलाई चाहिने करिव १ सय रोपनी जग्गा उपलब्ध गराउन लुम्जुफाँटका जग्गाधनी सरोकारवाला संग सहकार्य गर्दै कृषि प्राविधिक बिद्यालयको भौतिक संरचना निर्माण गरेको उनले सुनाए । ‘यो बिद्यालय २००९ सालमा स्थापना भएको मुस्ताङ जिल्लाकै दोश्रो बिद्यालय हो ।बिद्यालयले २०३७ सालमा माध्यमिकतह सम्मको कक्षा संञ्चालन गर्ने अनुमति प्राप्त गरेको थियो ।’उनले भने । तुलाचन मुस्ताङका प्रसिद्ध पर्यटन व्यवसायी हुन् ।उनको काठमान्डौं नयाबानेश्वरमा होटल सन्सेट भ्यू पनि छ ।

एस.एस.टी. फाउन्डेसन संस्था खोलेर जिल्लाको पर्यटन र कृषि प्रर्वधनमा योगदान दिदै आएका तुलाचनको जापानिज एनजिओ संग राम्रो सम्वन्ध छ ।उनकै पहलमा थासाङका करिव ६० जना कृषकले जापानको कृषि अध्ययन अवलोकन भ्रमण गरिसकेका छन् ।उनकै पहलमा पछिल्लो समय जनआदर्श माध्यमिक बिद्यालय र जापानको सिन्चु यूनिभरसिटी संग राम्रो सम्वन्ध जोडे ।जापानीज संस्था जाईका नेपालको समन्वयमा वर्षेनी यहाँका कृषक र बिद्यालयले जापानको अध्ययन भ्रमण गर्ने अवसर पाएका छन् ।

करोडको सहयोग पु¥याए वापत बिद्यालयले स्वःअम्मरसिंह तुलाचनको नाममा बिद्यालयको नामाकरण समेत गरेको छ ।नयाँ नामले रुपान्तरित बिद्यालयको एक समारोहकाबीच राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना उद्घाटन गरे ।अध्यक्ष तिमिल्सिनाले बैदेशिक शिक्षाको मोह बढेका बेला कृषि प्राविधिक बिद्यालयको संरक्षणकार्य स्वागत योग्य भएको बताए । कृषि र पर्यटनले महत्वपूर्ण जिल्ला मुस्ताङ भएकाले यहाँ प्राप्त गर्ने शिक्षाले यसक्षेत्रको बिकासमा महत्वपूर्ण टेवा मिल्ने उल्लेख गरे ।मुस्ताङ जिल्ला अलौकिक संम्भावना रहेको जिल्ला भएकाले आगामी दिनमा बिद्यालयले कृषि बिज्ञ जन्माउन योगदान पु¥याउने अपेक्षा गरे ।कार्यक्रमा प्रदेशसभाुद महेन्द्रबहादुर थकाली,चन्द्रमोहन गौचन,प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।बिद्यालय व्यवस्थापन समितिका निमित्त कार्यवाहक अध्यक्ष मीनप्रसाद थकालीले बिद्यार्थी मासलाई सलामी दिएका थिए भने प्रअ टिकाराम शर्माले बिद्यालयको प्रगती विवरणबारे जानकारी गराएका थिए । समारोहमा विभिन्न बिधामा पुरस्कृत बिद्यार्थीलाई पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
यसअघि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनआर्दश अम्मरसिंह कृषि प्राविधिक बिद्यालय भवन ,त्यहाका रहेका ल्याव तथा लाईब्रेरी अवलोकन गरे ।त्यस्तै अध्यक्ष तिमिल्सिनाले त्यहा रहेका कृषि फार्मको पनि अवलोकन गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds