मुस्ताङको थासाङ क्षेत्रमा जताततै बाढीपहिरो

मुस्ताङको थासाङ क्षेत्रमा जताततै बाढीपहिरो

gandakp

सुन्दरकुमार थकाली
मुस्ताङ,२८ भदौ ।
लगातारको अविरल वर्षाका कारण मुस्ताङको थासाङ गाउँपालिका अन्तर्गतका गाउँहरुमा दर्जनौ स्थानमा बाढीपैरोले क्षति पु¥याएको छ ।

बुधवार बिहान देखि राति अबेरसम्म परेको अविलरल मुसलधारे वर्षाले थासाङका अन्तर्गतका वडा २,३,४ र ५ का विभिन्न गाउँहरुमा क्षति पु¥याएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।थासाङ गाउँपालिका वडा नम्बर ५ ताक्लुङमा बुधवार साझ बाढीपैरो जादाँ त्यहाँ रहेको करिव ३ करोड लागतको २ तले नवनिर्मित स्वास्थ्य चौकी भवन पूर्ण रुपमा क्षति भएको छ ।

स्वास्थ चौकी भवन तल रहेको आमा समूहको सामूदायिक भवनको ३ कोठा पूर्ण रुपमा क्षति भएका छन् भने ,त्यहाँ रहेका लाखौ मुल्य बराबरका भौतिक संम्पति नष्ट भएको आमा समूहकी अध्यक्ष सारदा शेरचनले जानकारी दिईन् ।उनका अनुसार बाढी पहिरोले कुञ्जो र ताक्लुङ गाउँकोबीचमा लगाएका करिव १ सय ५० रोपनी जमिनमा लगाएको अन्नबाली नष्ट भएको बताईन् ।

सो वडाका अध्यक्ष सोमल हिराचनका अनुसार बाढी पहिरोले ताक्लुङ र कुञ्जोका स्थानीयलाई रातभर त्रसित बनाएको बताए ।उनले बाढी पहिरोका कारण करिव ५० रोपनी खेतियोग्य जमिन नष्ट भएको जनाए । ‘अकल्पिनीय रुपमा बाढी आयो ,करिव ७५ घरधुरी उच्च जोखिम छ,’उनले भने ,वर्षा रोकिएको छैन हामी २ सय मिटर पर पर्साङमा ओत लागेका छौ ।’स्वास्थ चौकी भवन बाढीले पुरिएपछि त्यहाँका ७५ घरधुरीका स्थानीय स्वास्थ्य सेवाबाट प्रभावित भएको हिराचनले बताए ।अहिले पनि ताक्लुङका स्थानीयहरु घरमा बस्ने अवस्था छैन ।थप बाढि पहिरो आउन सक्ने भयले गाउँलेहरु पर्साङ गाउँमा झरेका छन् । उक्त स्थानमा रहेको ग्रामिक सडक समेत बाढीले जीर्ण बनाएको उनले बताए ।

त्यस्तै,थासाङ गाउँपालिका ३ टिटी गाउँको लोप्साङ खर्कको तल टिटी पाखोमा दर्जनौ स्थानमा पहिरो गएको छ ।पहिरोले त्यहाँ अवस्थित पर्यटकिय गन्तब्य टिटीताल उच्च जोखिम परेको छ ।पहिरो काराण तालको पुर्वतर्फको स्थानम माटो र गेग्रान थुपरिएको छ ।टिटीमै स्थानीयको करिव ५० रोपनी खेतियोग्य जमिन समेत काम नलाग्ने अवस्थामा रहेको स्थानीय तेजेन्द्र गौचनले बताए ।उनले पहिरोले थकालीहरुको खिमीघर समेत उच्च जोखिममा रहेको जानकारी दिए ।टिटी पहिरोका काराण लोप्साङ खर्कमा रहेको खानीपानीको मुहान सहित पाईप पुरिएको उनले बताए ।उनका अनुसार मुहान बगाउदा टिटी र धम्पुका १७ घरधुरी खानेपानीबाट बन्चित भएको उनले बताए ।

त्यस्तै बुधबारकै बाढी पहिरोले थासाङ कोखेठाटीका ९ घरधुरी जोखिममा रहेको ईलाका प्रहरी कार्यालय कोवाङले जनाएको छ ।त्यहाँ बेलबहादुर सिन्जालीको घर पूर्ण रुपमा क्षती भएको छ भने अर्को एक घरमा आमसिक क्षती भएको छ ।कोखेठाटीमा ३ घरजलमग्न भएको छ त्यस्तै त्यहाँ पनि खानेपानीको मुहान र पाईप बगाएको स्थानीयले बताए ।पहिरोकै काराण कोखेठाटीमा करिव २ रोपनी जग्गामा लगाईएको अन्नबाली तथा जग्गा नष्ट भएको उनीहरुले बताए ।यता बुधबारकै बाढी पहिरोले थासाङ ४ छयोमा पनि खेतियोग्य जमिन तथा अन्बाली नष्ट भएको स्थानीय राजकुमारी परियारले बताईन् ।उनको १० पाथी बिउ जाने खेतमा पुरै पहिरो पसेको छ भने अन्य ७ घरधुरीका खेतियोग्य जमनि समेत नष्ट भएको उनको भनाई छ ।

त्यस्तै थासाङ गाउँपालिका २ सौरुमा पनि बाढीले क्षति पु¥याएको छ ।त्यहाँ करिव १० घरधुरी पुरै जलमग्न भएका छन् ।सौरुको गाउँमा रहेको आमा समूह भवन र बिद्यायल समेत प्रभावित भएको छ । थासाङ २ सिर्कुममा पुर्णप्रसाद गौचनको घर पूर्ण रुपमा क्षति भएको छ । त्यहाँ पनि खेतियोग्य जमिन बाढी पहिरोले पुरीएको छ भने सो आसपास ३ ठाउँमा ठुलो पहिरो गएको छ ।

बाढीकै काराण थासाङ ३ कालोपानी आसपासका केहीघर जोखिममा रहेको गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनले जानकारी दिए ।उनका अनुसार कालोपानी नजिक सेतोखोलाको बाढीले बेनी–जोमसोम सडकको करिव ५० मिटर सडक बगाएको छ ।सो स्थानमा पहिरो गई रुख ढल्दा केन्द्रिय बिद्युत प्रशारण लाईनको पोल ढल्न पुगेको छ भने बिद्युततार चुडिएका छन् ।लगातार परेको बर्षाले थासाङ ३ लेतेखोलाको नजिक करिव १ सय ५० मिटर सडक बाढी पहिरो बगाएको छ ।

त्यहा रहेका बेलिब्रिज समेत उच्च जोखिममा परेको अध्यक्ष शेरचनले बताए ।बेनी–जोमसोम सडकखण्डमा दर्जनौ स्थानमा बाढी पहिरो जादाँ बेनी–जोमसोम सडक पूर्ण रुपमा प्रभावित भएको कालिगण्डकी करिडोरले जनाएको छ ।करिडोरका अनुसार सडक संञ्चालन गर्न करिव एकसाता बढी लाग्नसक्ने जनाएको छ ।लेते खोलाको बेलिब्रिजमा खोलाले कटान गर्दा जोखिम रहेको छ ।सडक अवरुद्ध हुदाँ मुस्ताङ आएका सयौ आन्तरिक तथा बाह्य पर्यटकले सास्ती पाएका छन् भने बेनी–जोमसोम सडकमा करिव ५० भन्दा बढी सवारी साधन अलपत्र परेको जनाईएको छ ।

बिहिबार मुस्ताङका प्र्रदशे सभासद महेन्द्रबहादुर थकाली ,चन्द्रमोहन गौचन,थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचन,प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल, शसस्त्र प्रहरी बल सिमा सुरक्षा प्रमुख डिएसपी हरि गुरुङ,नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली लगायतकाले बाढी पहिरो स्थलको निरीक्षण गरेको छ ।त्यस्तै हिमालपारी उत्पिडित समूदाय बिकास तथा शसक्तिकरण परिषद र दलित एकता संञ्जालका पदाधिकारी सदस्यहरुले बाढी पहिरो स्थलको निरीक्षण गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ