चर्को आवाज र साइलेन्सर फायर हान्ने १७ मोटरसाइकल प्रहरी नियन्त्रणमा

चर्को आवाज र साइलेन्सर फायर हान्ने १७ मोटरसाइकल प्रहरी नियन्त्रणमा

motorcycle-police

पोखरा । कास्की प्रहरीले पोखरा महानगर क्षेत्रमा ठूलो आवाजमा मोटरसाइकल पड्काउने तथा स्वरूप परिवर्तन गर्ने १७ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

कास्की प्रहरीको १२ बुंदे कार्ययोजना अन्तर्गत दैनिक जसो पोखरा महानगर क्षेत्र र आसपासका स्थानमा गरेको स्विप अपरेशनका क्रममा १७ मोटरसाइकललाई नियन्त्रमा लिएको कास्की प्रहरीले जनाएको छ ।

सर्वसाधारणको दैनिक जसो गुनासो आएपछि प्रहरीले ठूलो आवाज गर्ने, पड्काउने तथा स्वरूप परिबर्तन गर्ने मोटरसाइकललाई नियन्त्रमा लिइएको जनाएको छ ।

नियन्त्रमा रहेका मोटरसाइकल मध्ये बुलेट मोटरसाइकल ५ वटा, भिआर ५, क्रसफायर ३, पल्सर २२ओ सिसिको ३ र डेस्ट्रार १ वटा रहेका छन् ।

नियन्त्रमा लिइएका मोटरसाइकललाई सवारी नियम उल्लघंन उपर कारबाही गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ