तनहुँ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएका क्षेत्र तथा भारतको सिमाक्षेत्रबाट तनहुँमा ल्याइएका तरकारी, आलु, प्याज र मदिरासहितको सवारी साधन नियन्त्रण गरी फिर्ता पठाइएको छ ।
दमौली बजार क्षेत्रमा बुधबार राती नगरप्रहरी र दमौली बजार इकाइका पदाधिकारीहरुले गरेको अनुगमनका क्रममा प्रतिबन्धित क्षेत्रबाट ल्याइएका मदिरा सहित तरकारी, मदिरा, खरबुजा, कस्मेटिक सामाग्रि जस्ता वस्तु बोकेका ९ वटा सवारी साधान नियन्त्रणमा लिइएको तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइका सभापति राजकुमार श्रेष्ठ (राकु)ले बताए ।
अनुगमन समितिले ५ वटा मिनिट्रक, २ वटा पिकअप भ्यान, २ ट्रक मदिरा(रक्सि) बोकेको सवारी नियन्त्रण गरिएको लिएको थियो ।
‘बोर्डर क्षेत्रबाट तरकारी, जिरा, मसला, गोलभेडासँगै रक्सी लुकाएर ल्याउने र त्यस क्षेत्रबाट समेत मानिस ल्याउने गरेको पाइयो’ श्रेष्ठले भने ‘राती २ बजे दुई ट्रक रक्सी संगै तरकारी र जिरा मसला सहित सवारी नियन्त्रण लिएका थियौ ।’
दिनको समयमा अनुगमन गर्दा सामग्री जिल्ला बाहेक बाहिरबाट नआएको भएपनि रातको समयमा लुकाएर सामग्री सहित मानिस ल्याउने गरेको पाइएको तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले बताए ।
हेर्नुस भिडियो :
https://youtu.be/EqTaOP2r14M
रातको समयमा रक्सौल लगायतका विभिन्न क्षेत्रबाट सामग्रीसहित जिल्लामा प्रवेश गरेका सवारीसाधनलाई नियन्त्रण गरी फर्काइएको व्यास नगरपालिका अनुगमन समितिकी संयोजक एवं उपप्रमुख मिरा जोशीले बताईन ।
रातको समयमा सामग्रीसहित जिल्लामा प्रवेश गरेका सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय तनहुँले स्कर्टिङ गरी पुनः मुग्लिन पुल अर्थात जिल्ला कटाएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँ, व्यास नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, तनहुँ उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च र तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले नियन्त्रणमा दिएको सवारीसाधनलाई मुग्लिन कटाइएको उपप्रमुख जोशीले जानकारी दिईन ।
संक्रमित क्षेत्रबाट सामग्री ल्याउदा कोरोनाको बढ्ने भएकाले सामग्री सहित भित्रिएका सवारीसाधन फिर्ता पठाइएको उपप्रमुख जोशी बताउछिन ।
रातारात भारतबाट आउनेको संख्या बृद्धि हुने र लुकीछिपी बस्ने गरेको भन्ने सूचना पाएपछि समितिले अनुगमनलाई तिव्रता दिएको थियो ।
व्यासले ३ दिन दमौली बजार बन्द गर्ने
यस्तै, व्यास नगरपालिकाले जेठ ३, ४ र ५ गते बजार क्षेत्रका तरकारी, खाद्यन्न लगायतका सबै क्षेत्र पूर्णरुपमा बन्द गर्ने नगरप्रमुख बैकुण्ठ न्यौपानले बताएका छन् ।

सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला