तनहुँ । तनहुँको व्यास नगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त संक्रमित बारे जनाइएको छ ।
तनहुँको व्यास नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका ३ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिमा कोरोना पुष्टि भएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या १ सय २४ जना पुगेको छ ।तनहुँमा कोरोनालाई जितेर निको भएर घर फर्किनेको संख्या १६ जना पुगेको छ ।
सोमबार मात्रै जिल्लामा थप १० जना कोरोना संक्रमित थपिएका थिए ।
तनहुँको बन्दिपुर गाउँपालिकाका ९ जना र १ जना घिरिङ गाउँपालिकाका गरि सोमबार तनहुँमा १० जना कोरोना संक्रमित थपिएका हुन ।
बन्दिपुर गाउँपालिकामा थपिएका ९ जना मध्ये जना ४ जना अस्पतालका स्वास्थ्यकर्मी/कर्मचारी र ५ जना भने भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्ति भएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिए ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय २४ जना पुगेको छ भने १६ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा १६ जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा २६ जना, शुक्लागण्डकी नगरपालिकामा ७ जना, बन्दिपुर गाउँपालिकामा १९ जना, आबुखैरेनी गाउँपालिकामा ४ जना (लमजुङको बेशीसहर ठेगाना भई तनहुँको आबुँखैरेनीमा कार्यरत ३८ वर्षीय पुरुष), भिमाद नगरपालिकामा ३ जना, देवघाट गाउँपालिकामा १ जना र म्याग्दे गाउँपालिका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि:
सम्बन्धित खबर
७६ वर्षीया महिलामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत
खोलामा डुबेर बेपत्ता भएका युवक मृत फेला
ग्यासमा कृत्रिम अभाव रोक्न स्याङ्जामा छड्के अनुगमन
३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित