पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमानको चालक क्याप्टेन प्रभाकरप्रसाद घिमिरे थिए । सहक्याप्टेन उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापासहित २२ जना सवार थिए। यसमध्ये ६ विदेशीमा भारतका चार र जर्मनीका दुई जना थिए ।
५६ वर्षीय क्याप्टेन घिमिरे माउन्टेन फ्लाइटमा दक्ष पाइलट मानिन्छन्। घिमिरेले लुक्ला, जोमसोमलगायतका उच्च हिमाली क्षेत्रमा लामो समयदेखि माउन्टेन फ्लाइट गराइरहेका छन्। हिमालय क्षेत्रको हवाई उडानमा घिमिरेको विशिष्टता छ। उनी प्रशिक्षकसमेत हुन्। क्याप्टेन घिमिरे पाईलट एशोशिसनका केन्द्रिय अध्यक्ष पनि हुन् ।
उनी त्रिभुवन विश्वविद्यालयका प्रारम्भिक कालका प्राध्यापक सरस्वती प्रसाद घिमिरेका छोरा हुन्। काठमाण्डौ भैंसेपाटी निवासी उनका श्रीमती र दुई छोरी छन्।
जोमसोम अवतरण हुन नसकेको घिमिरेले चलाएको विमान अघि समिट एयरका दुई वटा विमान मुस्ताङ अवतरण भएको थियो । तारा एयर उड्नु ३ मिनेट अघि मात्रै क्याप्टेन अभिनन्दन खड्काले चलाएको समिट एयरको जहाज पोखरा विमानस्थलबाट उडेको थियो ।
क्याप्टेन खड्काले सञ्चारकर्मीसँग भनेका छन्ः तारा एयर र हाम्रो जहाज पोखराबाट आज बिहान सँगसँगै जस्तो उडेको थियो । म समिट एयरको लेट विमान उडाउँदै अघि–अघि थिएँ । प्रभाकार सर (तारा एयरका क्याप्टेन) मेरो पछिपछि आइरहनु भएको थियो । हाम्रो बाटोमा कुराकानी भइरहेको थियो । हामी टावरकै फ्रिक्वेन्सीमा कुराकानी गर्दै उडिरहेका थियौं । म जोमसोम विमानस्थल नजिकै पुग्दा प्रभाकर सरको जोमसोम टावरसँग कुरा भएको थियो । म अवतरणका लागि तयार भएँ । मेरो जहाज अवतरण भयो । केही मिनेटमै मेरो पछिपछि आइरहेको ताराको जहाज जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने । तर भएन ।
यदि मौसम राम्रो नभइदिएको भए वा मैले अगाडि नदेखेको भए सायद म फर्किन्थें । तर मौसम ठिकै थियो । प्रभाकर सरलाई मैले ‘ट्रयाक मेन्टन गरेर अल्टिच्यूड मेन्टन गरेर म अगाडि देखिरहेको छु, अघि बढिरहेको छु’ भनेको थिएँ । हाम्रो जहाज फाइनलमा हुँदा उहाँले जोमसोम टावरसँग त्यहाँको मौसमको जानकारी माग्नु पनि भएको थियो ।
सम्बन्धित समाचारः
विमानका को–पाइलट २५ वर्षीय उत्सव रुकुम चौरजहारी क्षेत्रकै पहिलो पाइलट
जहाजमा अर्का पाइलट बसन्त लामा पनि सवार थिए
पोखराबाट मुस्ताङतर्फ उड्यो सेनाको हेलिकोप्टर
ब्रेकिङ न्यूजः मुस्ताङको लार्जुङ खोँचमा जहाज दुर्घटना भएको पुष्टि
पाेखरा–जाेमसाेम बेपत्ता जहाज अपडेटः को को थिए जहाजमा ? (नामावली)
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
सम्बन्धित खबर
सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
सरकारप्रति जनताको विश्वास टुट्दै गएको छ: कांग्रेस
प्रदेशमा पालैपालो प्राथमिकता दिनेगरी मन्त्रालय बाँडफाँट गर्न ओली र प्रचण्डको निर्देशन
पूर्वमन्त्री जोशीले पाए सबै कैद छुट, अब जेलमा बस्न नपर्ने
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
संसद बैठकमा खाली कुर्सी देखिन थालेपछि सांसदहरूको हाजिरी हेर्दै रास्वपा
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित