२१ वर्षीया महिलाले मनिपालमा जन्माईन् तिम्ल्याहा

२१ वर्षीया महिलाले मनिपालमा जन्माईन् तिम्ल्याहा

3 babis

पोखरामा । यहाँ एक महिलाले एकैपटक तीन बच्चा जन्माएकी छिन् । पोखरा लेखनाथ महानगरपालिका १४ निवासी २१ बर्षीया आरती शाहीले गत शनिबार बिहान मनिपाल शिक्षण अस्पतालमा तिम्ल्याहा बच्चा जन्माएकी हुन् ।

२ छोरी र एक छोरालाई अपरेशन गरी निकालिएको अस्पतालले जनाएको छ । जन्मिएका तीनवटै बच्चाको अवस्था गम्भीर रहेको डाक्टर दीपकप्रसाद कोइरालाले बताए । सामान्य बच्चाको तौल साढे २ केजी कम्तिमा हुनुपर्ने भएपनि शुक्रबार जन्मिएका तीनवटै बच्चाको तौल १ केजी भन्दा कम छ । २७ हप्तामा बच्चा जन्मिएको हो ।

समय नपुगि बच्चा जन्मिए फोक्सोको राम्रोसंग विकास नहुने र रोगसँग लड्न सक्ने क्षमता पनि कम हुन्छ । बच्चाहरुको २४ घण्टाको स्वस्थ्य स्थिति बुझ्दा बाँच्ने संभावना न्यून देखिए पनि अधिकतम प्रयास भैरहेको कोइराला बताउँछन् ।

शब्द/तस्विरः युनिश गुरुङ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ