गुण्डागर्दी शैलीमा रकम असुली गर्न खोज्ने ३ जना पक्राउ

गुण्डागर्दी शैलीमा रकम असुली गर्न खोज्ने ३ जना पक्राउ

hatkadi

किरण श्रेष्ठ, तनहुँ । तनहुँको ब्यास नगरपालिका वडा नं. १ भादगाँउ छाब्दी दोभान स्थित केशवटार दमौली बुद्दसिंह मार्गमा गत मंगलबार गुण्डागर्दी शैलीमा रकम असुली गर्न खोज्ने ३ जना लाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा व्यास नगरपालिका वडा नं. १३ बस्ने बर्ष १८ को सुवार परियार, सोहि स्थान बस्ने बर्ष १८ को रुपेश थापा र सोहि स्थान बस्ने बर्ष १९ को यम थापा रहेका छन् । बिहान १० :३० बजेको समयमा वालुवा लिई आईरहेको ना ६ त १३२६ नं.को ट्क्याटरलाई अनाधिकृत रुपमा रोकी चालक र हेल्परलाई धम्क्याई नियमानुसार कर तिरेको रु. ६५० को नगदी रसिद (बिल) हुँदा हुँदै रु. ५०० जबरजस्ती मागी रहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले एलोन थापा र अतित गुरुङलाई नियन्त्रणमा लिई केही सार्बजनिक अपराध शिर्षकमा मुद्दा दर्ता अनुसन्धान गर्ने क्रममा सो कार्यमा सुवास परियार, रुपेश थापा र यम थापाको समेत मिलिमतो रहेको खुल्दा उनिहरुलाई विहिबार पक्राउ गरी मुद्दामा मिलना म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ