जहाज जस्तै २२ सय भाडा लाग्ने बस पोखरा–काठमाडौं सरर, भिडियोमै हेर्नुहोस्

जहाज जस्तै २२ सय भाडा लाग्ने बस पोखरा–काठमाडौं सरर, भिडियोमै हेर्नुहोस्

Jagadamba bus

पोखरा । पर्यटकीय नगरी पोखरामा अत्याधुनिक सुविधासहितको सुपर डिलक्स बसले सेवा गरिरहेको छ।  पोखरा जगदम्बा ट्राभल्स प्रालिले बिहीबारदेखि सुरु गरेको सेवा उत्कृष्टस्तरको भएकोे दाबी गरिएको छ ।

प्रविधिमैत्री बसको प्रत्येक सिटमा टेलिभिजन तथा खाना टेबल रहेको छ । २१ सिट क्षमताको बसभित्रै रेस्टरुम र मिनीबारको सुविधा रहेको उक्त बस पृथ्वी राजमार्ग बस सन्चालक समितिअन्तर्गत् सन्चालित छ ।

प्रत्येक सिटमा छुट्टाछुट्टै टेलिभिजन, रिमोटबाटै सिट फोल्डिङ गरेर सुत्न सकिने, रिमोट सिस्टमबाटै मसाज गर्न सकिने सुविधा उपलब्ध रहेको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।

बस दैनिक बिहान ८ बजे काठमाडौं र पोखराबाट छुट्नेछ । यात्रीको सुविधाका लागि बसका टोली खटिनेछन् । दुईओटा बसमा प्रतिबस करिब चार करोड रुपैयाँ लगानी भएको अधिकारीले जानकारी दिए ।

अमेरिकाबाट सिट आयात गरी भारतमा टाटाको अत्याधुनिक च्यासिज प्रयोग गरी बस तयार गरिएको हो । बसमा यात्रा गर्न प्रतिव्यक्ति २२ सय रुपैयाँ तिर्नुपर्नेछ ।

प्रदीप पौडेल/ईमेज च्यानल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ