२४ औं विश्व आदिवासी दिवस तनहुँमा भव्यताका साथ सम्पन्न (फोटो फिचर)

२४ औं विश्व आदिवासी दिवस तनहुँमा भव्यताका साथ सम्पन्न (फोटो फिचर)

aadibasi diwas11

तनहुँ । २४ औं विश्व आदिवासी दिवस तनहुँमा भव्यताका साथ सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ व्यास नगर समन्वय परिषद दमौली तनहुँको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँ संरक्षकमा सम्पन्न भएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ व्यास नगर समन्वय परिषदका अध्यक्ष ले. देव बहादुर गुरुङको सभापतित्व सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमान रहेका थिए । सो अवसरमा प्रमुख अतिथि चुमानले हाम्रो देश विविधता युक्त देश हो जहाँ जातीय, भाषागत रुपमा विविधता रहेको छ । विविधतायुक्त समाज लाई एकीकृत तथा सास्कृतिक जगेर्ना आदिवासीले गरेको छ उनले भने ।

प्रदेशको नाम दुई तिहाइको सहमतिले पारित भएको नाम हो गण्डकी त्यसैले नामाङकनको विषयमा थप विरोधको कार्य गर्न उचित नहुने उनले बताए । सरकारले उत्पीडनमा परेका वर्ग लाइ सम्बोधन गर्ने उनले बताए । गण्डकी प्रदेश लाई पर्यटकिय नमुना प्रदेश बनाउन लागि परेका छौ चुमानले भने । प्रदेश सरकार संग आदिवासी संघको संवादमा कमि भएको समेत चुमानको भनाइ थियो ।

आदिवासी जनजातीले प्रदेश सरकार संग बहस जारी राख्दै जानुपर्ने अब हारियो, धोका भयो भन्ने निष्कर्ष निकल्नु नहुने बताए । कार्यक्रम नेपाल मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापाले स्वागत गरेका थिए । आदिवासीको विस्थापित अधिकार स्थापित गराउन सम्पुर्ण आदिवासी जनजाती एक हुन आवस्यक छ उनले भने । कार्यक्रममा प्रदेश सांसद आशा कोइराला, सरिता गुरुङ, दोबाटे विक, जिसस प्रमुख शान्ति रमण वाग्ले लगाएतकाले कार्यक्रममा मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न नृत्यहरु प्रस्तुत भएको थियो । बाजागाजा सहित आ-आफ्नो भेषभुषामा सजिएर आदिवासी जनजातीले दमौली बजार परिक्रमा गरेका थिए । तनहुँको दमौली संगै बन्दिपुर, खैरेनीटार, बाइसजागर लगाएतका स्थानमा समेत २४ औं विश्व आदिवासी दिवस भव्यताका साथ मनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ