पोखरा । पोखरामा दृष्टिविहीन र शारीरिक अपांगता भएकाहरुको समूहले खोलेको ‘उज्यालो बजार’ मा शुक्रबार राति आगलागी हुँदा करोडौंको क्षति भएको छ ।
पोखराको चिप्लेढुंगास्थित सिद्धार्थ मिनीमार्केटमा संचालनमा रहेको उक्त बजारमा शुक्रबार मध्येरात करिब १२ बजे भएको आगलागीबाट करिब दुई करोडको क्षती भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।
आगलागीबाट बजारका ६० वटा सटर मध्ये १७ वटा सटर पुर्ण रुपमा जलेको, १७ वटा सटर आंशिकरुपमा क्षति भएको र २४ वटा सटरमा कुनै क्षति पुगेको छैन ।
डिएसपी कार्कीका अनुसार राति २ बजेमात्रै आगो नियन्त्रणमा आएको थियो । २ घण्टासम्म नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, दमकल र स्थानीय आगो नियन्त्रणमा जुटेका थिए । । विद्युत सट भएर आगोलागि भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दृष्टिविहीन भएका व्यक्तिलाई व्यावसायिकता र उद्यामशिलतामार्फत आत्मनिर्भर बनाउने उद्देश्यका साथ २ वर्ष अघिदेखि सञ्चालित बजारमा भएको यो क्षतिले आफै सक्षम भएर जिवन निर्वाह गर्छु भनेर अघि बढेकाहरुलाई आहत बनाएको छ ।
सम्बन्धित खबर
पर्यटकीय राजधानीलाई सफल बनाउन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री अधिकारी
पोखराको चाउथेमा दुर्घटना: १९ वर्षीया खुसीको मृत्यु, स्कुटर चालक विनिता घाइते
सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा १३ द्वारा निशुल्क तालिम, ४५ जना लाभन्वित
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
पोखरा १० द्वारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग