रक्सीकाे नशामा अाग्लाे प्रहारबाट घाइते युवककाे पाेखरामा मृत्य

रक्सीकाे नशामा अाग्लाे प्रहारबाट घाइते युवककाे पाेखरामा मृत्य

IMG_20180609_181054-630×473

पर्वत । जिल्लाकाे फलेवास नगरपालिका २ थापाठानामा विवाद हुँदा ढोकामा लगाउने आग्लो प्रहार गर्दा एक जनाको मृत्यु भएको छ।

स्थानीय थापाठाना बजारका बिनोद बिक्रम कुँवरको आग्लो प्रहारबाट शंकरपोखरीका  ३३ वर्षीय सूर्यबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे छ ।

मादक पदार्थ सेवन गरेका सूर्य र उनकी श्रीमतीले बिनोदलाई गालीगलौज गरेपछि उनीहरूबीच झगडा भएको थियाे । झगडाकै क्रममा बिनोदले सूर्यलाई धेरै पटक नबोल्न आग्रह गर्दा नमानेपछि ढोकाको आग्लो प्रहार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

झगडाका बेलामा छुट्याउने क्रममा घाइते भएका सुनार र उनकी श्रीमती सरस्वतीलाई उपचारका लागि शुक्रबार नै पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उपचारका क्रममा नै सूर्यको शनिबार मृत्यु भएको हो।

अभियुक्त बिनोदलाई शुक्रबार राती नै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्वतको नियन्त्रणमा राखिएको छ भने बिनोदकी श्रीमती राधिकालाई पनि थप अनुसन्धानको लागि शनिबार नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ