सेती र मर्स्याङ्दी नदीमा अवैध बालुवा उत्खनन गर्ने ५ पक्राउ

सेती र मर्स्याङ्दी नदीमा अवैध बालुवा उत्खनन गर्ने ५ पक्राउ

received_523616131387460

किरण श्रेष्ठ, तनहुँ । तनहुँको भिमाद नगरपालिका वडा नं. ५ पाटन दबलुङ स्थित सेती नदिको निषेधित क्षेत्रमा बालुवा उत्खनन गर्दै गर्दा विहिबार दुइ ट्याक्टर पक्राउ परेका छन् ।

पक्राउ पर्ने ट्याक्टरहरुमा ग १ त ४४४६ र ग १ त २११४ नं. को ट्याक्टर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । नदिबाट बालुवा उत्खन गरेर ट्याक्टरमा लोड गर्दै गरेको अबस्थामा फेला पारी दुबै ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मंगलबार नै आबश्यक कार्बाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय तनहुँमा पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गत मंगलबार तनहुँको भिमाद नगरपालिका वडा नं. ५ अठ्ठाईसमा डु जना लाइ प्रहरीले पल्क्रु गरेको छ । अनाधिकृत तबरबाट २ वटा स्क्याभेटर प्रयोग गरी गिटी बालुवाको उत्खनन गरी थुपार्दै गरेको अबस्थामा दुबै स्क्याभेटर सहित चालकहरु चितवन माडी नगरपालिका वडा नं. ८ बस्ने बर्ष २० को अमित रिमाल र बन्दिपुर गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २२ को बिष्णु थापालाई प्रहरीले नियन्त्रण लिएको छ । चालकहरु लाइ नियन्त्रणमा लिइ आबश्यक कार्बाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय तनहुँमा पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँको भानु नगरपालिका वडा नं. ३ खहरे स्थित मर्स्याङ्दी नदिमा गत आइतबार बा १ क ९७९६ नं. को जेसिबी प्रयोग गरी अबैध रुपमा नदिजन्य पदार्थ (बालुवा) उत्खनन गर्दै गर्दा जेसिबी सहित ३ जना लाइ प्रहरीले पक्राउ गरेको छ । बालुवा थुपार्दै गरेको अबस्थामा उक्त जेसिबी सहित चालक बाके कोहलपुर नगरपालिका वडा नं. ११ घर भएका बर्ष २७ को अर्जुन थापा लाइ पक्राउ गरिएको हो ।

अबैध रुपमा जेसिबी प्रयोग गरी बालुवा चोरी निकाशीको काम लगाउने बन्दीपुर गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २८ को सुजन गुरुङ र बन्दीपुर गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २७ को आकाश गुरुङलाई सोही स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरु लाइ पक्राउ गरि आबश्यक कार्बाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय तनहुँमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds