एक्याप लोमान्थाङले मनायो ३१ औं स्थापना दिवस

एक्याप लोमान्थाङले मनायो ३१ औं स्थापना दिवस

acap (1)

सुन्दर कुमार थकाली, मुस्ताङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमान्थाङ मुस्ताङले आफ्नो ३१ औं स्थापना दिवस मनाएको छ । लोमान्थाङ गाउँपालिकाको ध्येमा भएको कार्यक्रममा उपल्लो मुस्ताङका दुई स्थानीय तहको सहभागिता थियो ।

लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारी र एक्यापका प्रतिनिधिले संयुक्त रुपमा दिवस मनाएका हुन् । उत्तरी कोरला नाकासंग सिमाना जोडिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले सबैको सामुहिक प्रयासले मात्र वातारवणीय संरक्षणमा प्रभावकारी भुमिका निर्वाह गर्न सकिने बताए ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अर्का अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जलबिद्युतको उत्पादन तथा प्रयोग हुनसके वनक्षेत्रको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न सकिने उल्लेख गरे ।

लोमान्थाङ गाउँपालिकाको प्रशासकिय अधिकृत शुशिल कुमार अर्यालले स्थानीय जनसमुदायको बृहत्तर हितका लागि एक्यापले कार्यसम्पादन गर्दे आएको जनाए । त्यस्तै, कार्यक्रम कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले निर्वाचित जनप्रतिनिधिले वातावरणीय संरक्षणमा चाँसो दिएमा लक्ष प्राप्त हुने बताए ।

एक्याप लोमान्थाङको ३१ औ स्थापना दिवसको उपलक्षमा अन्तर विद्यालय स्तरिय निवन्ध प्रतियोगिता आयोजना गरेको छ । दुई गाउँपालिकामा रहेका विद्यालयबीच भएको प्रतियोगिताका सहभागि विद्यार्थीहरुलाई अध्यक्षद्धय सुवर्णकुमार विष्ट र लोप्साङ छोम्फेल बिष्टले पुरस्कार प्रदान गरे । सो अवसरमा निवन्ध प्रतियोगिताका सहभागि उत्कृष्ट बिद्यार्थीले आफ्नो रचना वाचन गरेका थिए ।

यसअघि वातावरण संरक्षणका नारा लेखिएको व्यानर र प्लेकार्ड लिएको प्रभात फेरीको टोलीले ध्ये देखि लामान्थाङ बजार परिक्रमा गरेको हो । कार्यालय प्रमुख तुलसी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रामबहादुर गुरुङ र सञ्चालन श्रीकृष्ण न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ