नवलपरासीको बर्दघाटमा दुई मोटरसाईकल आपसमा ठोकिँदा ३ जनाको मृत्यु, १ घाईते (भिडियो)

नवलपरासीको बर्दघाटमा दुई मोटरसाईकल आपसमा ठोकिँदा ३ जनाको मृत्यु, १ घाईते (भिडियो)

accident

कमला राना, नवलपरासी । नवलपरासीको बर्दघाटमा दुई वटा मोटरसाईकल एक आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्याल्य पश्चिम नवलपरासीले दिएको जानकारी अनुसार विहान १० बजेर ४५ मिनेटको समयमा बर्दघाट त्रिबेणी सडक खण्डमा अन्र्तगत उत्तरबाट दक्षिण तर्फ जादै गरेको लु ३७ प १५७० नम्बरको पल्सर मोटरसाईकल र दक्षिणबाट उत्तर तर्फ आउदै गरेको लु १० प ४४३५ नम्बरको पल्सर मोटरसाईकल ससस्त्र प्रहरी सिमा सुरक्षा तालिम विद्यालय नजीकै एक आपसमा ठोक्कीदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परि २ जनाको घटना स्थलमा नै मृत्यु भएको हो भने १ जनाको उपचारका लागि भरतपुर लैजादै गर्दा मृत्यु जिल्ला प्रहरी कार्यलय परासीले जानकारी दिएको छ । उक्त दुर्घटनामा परि मृत्यु हुनेमा बर्दघाट १६ का बर्ष २१ का सन्तोष न्यौपाने, बर्दघाट १४ का बर्ष १९ का आशिष जीसी रहेका छन् ।

घाईतेमध्ये बर्दघाट १६ बस्ने बर्ष ३० का अजित सिंह ठकुरीलाई भरतपुर रिफर गरी लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो । अर्का घाईते बर्दघाट १४ बस्ने बर्ष २४ का दिपेन्द्र जीसीलाई उपचारार्थ बुटवल पठाईएको र उनको अवस्था खतरा मुक्त रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । प्रत्यक्षदर्शीलाई उधृत गर्दै जिल्ला प्रहरीले दुवै मोटरसाईकल तिब्र गतीमा रहेकाले ठक्कर खाएको जनाएको छ ।

https://www.facebook.com/viralnepalnews/videos/1665212056896554/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds