तनहुँको कन्टारमा बस दुर्घटना : २९ जना घाइते, ९ जनाको पोखरामा उपचार हुदै

तनहुँको कन्टारमा बस दुर्घटना : २९ जना घाइते, ९ जनाको पोखरामा उपचार हुदै

1

किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ५ कन्टारमा मंगलबार साझ बस दुर्घटना भएको छ । पोखरा बाट काकडभित्ता तर्फ जादै गरेको ना ५ ख १२२७ नम्बरको बस आफै अनियन्त्रित भइ सडकबाट केहि तल पल्टिदा उक्त दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परि २९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते मध्ये ९ जनाको पोखरा स्थित मेट्रोसिटि अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । पोखरामा उपचारत ९ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

गम्भिर घाइते हुनेहरुमा इलामको २१ वर्षिया सर्मिला राई र ताप्लेजुङका २२ वर्षीय भीष्मराज दवाडी रहेको प्रहरीले जनाएको छ । राईको मेट्रोसिटि अस्पताल र दवाडीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । बाकि अन्य घाइतेहरुको दमौली स्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ