नवलपरासी: सवारी साधनको ठक्करबाट रिक्सा चालकको मृत्यु

नवलपरासी: सवारी साधनको ठक्करबाट रिक्सा चालकको मृत्यु

accident

कमला राना मगर / नवलपरासी (बर्दघाट सुस्ता पुर्व), गैंडाकोटमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा नम्बर १५ अमरापुरी बस्ने ३२ वर्षीय धन बहादुर मगर रहेका छन् ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार बिहान अन्दाजी ७:४५ बजेको समयमा गैंडाकोट नगरपालिका वडा नम्बर २ स्थित पूर्व पश्चिम राजमार्गमा ना ७ ख ६४०२ नम्बरको ट्रकले विपरीत दिशाबाट गइरहेको रिक्सालाई ठक्कर दिँदा रिक्सा चालक मगर घाईते भएका थिए ।

उनको पूरानो मेडिकल कलेजमा उपचारको क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ