तनहुँको सोढेमा बस पल्टिँदा एकको मृत्यु, ७ जना घाइते

तनहुँको सोढेमा बस पल्टिँदा एकको मृत्यु, ७ जना घाइते

a

किरण श्रेष्ठ,तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १४ सोढेमा शुक्रबार बस पल्टिँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि अन्य ७ जना घाइते भएका छन ।

उक्त दुर्घटनामा परि मृत्यु हुनेमा बसमा सवार यात्रु देवघाट गाउपालिका वडा नम्बर २ वैदिका अन्दाजी ५० वर्षीय दन बहादुर ठकुरी रहेका छन । ठकुरीको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ । साराङ्घाट बाट दमौली तर्फ आउँदै गरेको ग १ ख ३७०१ नम्बरको बस सोढेपुल नजिक सडकबाट करिब २० मिटर तल पल्टिदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी बसमा सवार अन्य ७ जना घाइते भएको तनहुँ प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भिर घाइते ३ जनाको पोखरा स्थित मणिपाल अस्पतालमा उपचार भैरहेको छ । प्रहरीका अनुसार अन्य ४ जना सामान्य घाइतेहरुको अहिले दमौली अस्पतालमा उपचार भइरहेको छ । बस आफै अनियन्त्रित भइ सडक बाट तल खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ