पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : ‘१५ लाख पर्यटक भित्राउने गरी २०२० लाई भ्रमण वर्ष’

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : ‘१५ लाख पर्यटक भित्राउने गरी २०२० लाई भ्रमण वर्ष’

Rabindra-adhikari-mp

काठमाण्डौ, २ चैत्र / नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने गरी नेपाल भ्रमण वर्ष मनाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

शुक्रबार सपथ लिएपछि पदभार ग्रहण गर्दै उनले सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने गरी भ्रमण वर्ष मनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । मन्त्री अधिकारीले भारत र चीनमा पर्यटन प्रवर्द्धन कार्यक्रम गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।

मन्त्री अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी एक महिनाभित्र टुंग्याउने निर्णयमा पनि हस्ताक्षर गरेका छन् ।

उनले निजगढ विमाानस्थललाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सुरुदेखि नै अगुवाई गरेका अधिकारीले पोखरा विमानस्थललाई पनि उत्तिकै महत्वका साथ हेरेका छन् ।

https://www.facebook.com/gandaknews/videos/794669350725319/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds