‘ममी, म प्लेन चढें भन्दै बंगलादेशबाट छोरीले फोन गरेकी थिइन्’

‘ममी, म प्लेन चढें भन्दै बंगलादेशबाट छोरीले फोन गरेकी थिइन्’

rupa-shakya_yaphc5nzdf

काठमाडौं, २८ फागुन– सोमबार(आज) दिउँसो १२ बजे ‘ममि म प्लेन चढें’ भन्दै पाटनकी आसना शाक्यले आमा रुपालाई फोन गरिन् ।

पाटनकी रुपा शाक्य साढे १ बजेपछि छोरी लिनका लागि त्रिभुवन विमानस्थल पुगिन् । साढे २ बजे विमानस्लमा छोरीलाई लिन गएकी रुपा त्यतिखेर सितांग भइन् जुन समयमा विमानस्थलमा धुवाको मुस्लो उड्यो ।

आफ्नी छोरी विमानबाट ओर्लने समयमा विमानमा आगलागी भएको विमानस्थलबाट प्रस्ट देखेपछि उनलाई छटपटि भयो ।

केहीबेर विमानस्थलमा यताउति गरेकी रुपमा त्यतिबेला छांगाबाट खसेजस्तै भइन् जतिबेला समाचारहरुमा बंगलादेशबाट आएको विमानमा आगलागी भएको सूचना आयो ।

विमान दुर्घटनामा परेकालाई लिएर एम्बुलेन्सहरु अस्पताल तर्फ कुदेपछि उनी पनि त्यसतर्फ जान चाहन्थिन् तर कहाँ जाने ?

केही बेरमा उनले पत्ता लगाइन् घाइतेलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगिएको छ ।

त्यसपछि उनी त्यतै लागिन् ।

अस्पताल पुगिन् तर उनले छोरी भेट्न सकिनन् ।

अस्पतालले जारी गरेको घाइतेको नाममा उनको छोरीको नाम थिएन ।

रुपा छोरी भेटिने आशामा थिइन् । अरु घाइते कुन अस्पताल लगेको छ भन्दै उनी खोजी गर्दै थिइन् ।

यो समाचार तयार पार्दासम्म विमानमा रहेका चालक दलका सदस्यसहित ७१ जनाको नाममा आसना शाक्यको नाम थियो । उनको अवस्था बारे आमा र आफन्त चिन्तित थिए ।

-लोकान्तरबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds