तनहुँबाट काठमाण्डौं गएका बालक बेपत्ता, बसमा सँगै गएकाले ‘अपहरण’ गरेको आमाको उजुरी

तनहुँबाट काठमाण्डौं गएका बालक बेपत्ता, बसमा सँगै गएकाले ‘अपहरण’ गरेको आमाको उजुरी

kidnapped

पोखरा । तनहुँका एक बालक काठमाण्डौ पुग्नेबित्तिकै अपहरणमा परेका छन् । आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिकाबाट काठमाडौं गएकी सीता महतका ९ वर्षीय छोरा सिजान्त महत काठमाण्डौमा झर्ने बित्तिकै हराएका हुन् ।

सोमवार बिहान काठमाडौं पुगेका बालककी आमाले गोंगबु प्रहरीमा दिएको उजुरी अनुसार तनहुँबाट काठमाडौं पुगेलगत्तै उनको छोरा ‘अपहरण’ मा परेका हुन् । तनहुँबाट सोही गाडीको एकै सीटमा बसेर काठमाण्डौ गएका दिलबहादुर कार्कीले छोरा सिजान्तलाई अपहरण गरेको भन्दै उनकी आमा सीताले प्रहरीमा जाहेरी दिएकी छन् ।

मेडिकल कलेजमा काम गर्छु भन्ने दिलबहादुर कार्कीसँग बाटोमै चिनजान भएको उनको भनाइ छ । काठमाडौंमा उत्रिएसँगै गाडीमा चिनजान भएका कार्कीलाई छोरा सिजान्त, झोला जिम्मा लगाएर शौचालय गएकी सीता फर्केर आउँदा छोरा थिएनन् ।

उनको झोला, मोबाइलसमेत लिएर कार्की त्यहाँबाट हिँडेको उनले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेकी छिन् । प्रहरीले घटनाबारे छानबिन गरिरहेको जनाएको छ ।

यो समाचार सामाग्री लोकान्तर डटकमबाट साभार गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds