आफैलाई खाना खुवाउने होटलको बालक मार्ने २ जना पनि प्रहरी इन्काउन्टरमा मारिए (फोटो फिचर)

आफैलाई खाना खुवाउने होटलको बालक मार्ने २ जना पनि प्रहरी इन्काउन्टरमा मारिए (फोटो फिचर)

Bishan Khadka hatya (2)

भक्तपुर । काठमाडौं काँडाघारी टाउन प्लानिङबाट अपहरण गरी भक्तपुरको मध्यपुर थिमिमा पु¥याई बालकको हत्या गर्ने दुई अपहरणकारी पनि प्रहरीको गोलीबाट मारिएका छन् ।

उनीहरुको सूर्यविनायक जंगलमा प्रहरीसँगको दोहोरो भिडन्तमा ज्यान गएको महानगरीय प्रहरी महाशाखाले जनाएको छ । महाशाखाबाट खटिएर आएका प्रहरी नायव उपरीक्षक रुगम कुँवर नेतृत्वको प्रहरी टोलीसँगको दोहोरो भिडन्तमा अपहरणकारी नुवाकोट समरीका २४ वर्षीय अजय तामाङ र सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय गोपाल तामाङको ज्यान गएको हो ।

सिन्धुपाल्चोकको मेलम्ची स्थायी घर भइ अहिले टाउन प्लानिङ्गमा बालकको आमा चमेली खड्काले सञ्चालन गरेको खाजा पसलबाट आइतबार साँझ ६ बजे अपहरणमा परेका ११ वर्षका बालक निशान खड्काको अपहरणकारीले हत्या गरी गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

आइतबार साँझ स्कूलबाट फर्केपछि अपहरणमा परेका बालक खड्काको शव मध्यपुरथिमि नगरपालिका–७, नगदेश बुद्ध बिहारको तल श्याम लवटको निर्माणाधीन घरको जगमा भेटिएको हो । हिलोमा तीन फिट तल गाडेको अवस्थामा शव थियो । आइतबार रातिबाटै वर्षा भएकाले शव पूरै भिजेको र हिलाम्मे थियो ।

अपहरणकारीले बालकको मुखमा रुमाल कोचेको र घाँटीमा पनि रुमालले बाँधेको अवस्थामा दिउँसो १२ बजे शव भेटिएको हो । बालक खड्का काँडाघारी खहरेस्थित हाइल्यान्ड स्कूलमा कक्षा ६ मा पढ्थे ।

महानगरीय प्रहरी अपराध महाशाखाका बरिष्ठ प्रहरी उपरीक्षक धीरज प्रताप सिंहका अनुसार अपहरणकारी सूर्यविनायक जंगलमा लुकेर बसेको जानकारी पाए लगत्तै घट्नामा खटिएका महाशाखाका पाँचवटा टोली सूर्यविनायक जंगल क्षेत्रमा केन्द्रित भएर खोजी कार्य गरेको थियो ।

अपहरणकारीको खोजी गर्ने क्रममा सूर्य नगरपालिका–८, स्थित सूर्य्विनायक गणेश मन्दिरबाट पाइलट बाबा आश्रम जाने बाटो नजिकै जंगलमा अपहरणकारीसँग प्रहरीको जम्काभेट भएपछि दोहोरो भिडन्त भएको हो । घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिमकार्ड प्रयोग गरिएको मोबाइल बरामद गरेको छ ।

चमेलीले संचालन गरेको पसलमा आइरहने तामाङले आइतबार पसलमा आएर बालकसँग केहीबेर खेलेको अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ । साँझ बालकलाई घुम्न जाने बाहनामा फकाएर लगेको बताइन्छ ।
मृतकका बाबु गणेश खड्का केही वर्षदेखि मलेसियामा कार्यरत छन् । हत्या भएका बालक निशानकी आमा चमेली काँडाघारीमा खाजा पसल चलाउँथिन् । चमेलीका अनुसार स्कुलबाट आएपछि निशान गोपालसँगै मोबाइल किन्न गएका थिए । पेन्टिङको काम गर्ने उनी पछिल्ला केही वर्षदेखि चमेलीको पसलमा खाना तथा खाना खाने गर्थे ।

६ बजे हराएको बालक राति ८ बजेसम्म घर नआएपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले आठ बजेदेखि नै बालकको खोजी गरे पनि राति ९ बजे दुई पटक अपहरणकारीले बालकको आमालाई फोन गरेर ४० लाख रुपैयाँ फिरौती माग गरेपछि बालक अपहरणमा परेको खुलासा भएको थियो ।

प्रहरीका अनुसार बालक अपहरण भएको जानकारी पाए लगत्तै काडाँघारी प्रहरी प्रभागका प्रहरी टोली, महानगरीय प्रहरी परिसर भक्तपुर र वृत्त थिमिका प्रहरी तथा अपराध महाशाखाका करिब १५० जनाको प्रहरी टोली राति नै परिचालन भएर अपहरणकारीको खोजी गरेको थियो ।

सोमबार बिहान अपहरणकारी ठिमी धुन्चेपाखा, नगदेश क्षेत्रमा रहेको जानकारी पाएपछि प्रहरी त्यसक्षेत्र परिचालन भएको थियो । प्रहरीले बालकको हत्या गरी गाडेको अवस्थामा शव फेला पारेपछि फरार अपहरणकारीको खोजी गर्नेक्रममा सूर्य्विनायक जंगलमा लुकेको सुराकी पाए लगत्तै प्रहरीको पाँच वटा टोली त्यसतर्फ गएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ