ट्याक्टरमा लिफ्ट दिएर एकान्तमा पुगेपछि बलात्कार, घटनास्थलबाटै महिलाले प्रहरी गुहारिन् 

ट्याक्टरमा लिफ्ट दिएर एकान्तमा पुगेपछि बलात्कार, घटनास्थलबाटै महिलाले प्रहरी गुहारिन् 

bk

पर्वत । राति ९ बज्दै थियो । घटना शनिबारको हो । पर्वत प्रहरीकहाँ सहयोग मागियो । आवाज महिलाको थियो । मलाई बलात्कार गरेको छ । त्यसपछि प्रहरी घटना स्थल पुग्यो ।

पर्वतको कुश्मा स्थित माझमेला जंगलमा महिलालार्य बलात्कार गर्दै गरेको अवस्थामा प्रहरी पुग्यो र बलात्कारीलाई पक्रियो । पक्राउ पर्ने म्याग्दीको मल्कवाङ १ घर भई हाल कुश्मानगरपालिका १ सहस्रधारामा बस्दै आएका २६ बर्षिय अनिल बिक हुन् ।

राती ९ वजेको समयमा ति महिलालाई बलात्कार गरिरहेको स्वयंम महिलाले नै सूचना दिएको प्रहरी नायव उपरिक्षक दीलिप घिमिरेले जनाए । महिलाले दिएको सूचनाका आधारमा खोज्दै जाँदा पीडितलाई पक्रिन सफल भएको हो । बागलुङ जान लिफ्ट खोजेकी ति महिलालाई बिकले कुश्माबाट ट्याक्टरमा चढाएर लग्दै थिए । बिक ट्याक्टर चालक हुन् । बागलुङ लगिदिने बाहनामा जंगलको बिच भागमा रहेको खाली जग्गामा लगि बिकले जवरजस्ती करणी गरेको महिलाले प्रहरी समक्ष बताएकी छिन् ।

बिकलाई जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको प्रहरी टोली पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चात जिल्ला अदालत बाट १० दिन म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक घिमिरेले जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ