स्याङ्जामा काकाद्वारा बलात्कृत बालिका पोखरामा, तीन बालिकालाइ होटलमा राखेर बलात्कार

स्याङ्जामा काकाद्वारा बलात्कृत बालिका पोखरामा, तीन बालिकालाइ होटलमा राखेर बलात्कार

rape

स्याङ्जा — आँधीखोला गाउँपालिकाकी एक ११ वर्षीया बालिका आफ्नै काकाबाट बलात्कृत भईन् । गत फागुन ४ गते काकाद्वारा बलात्कृत बनेकी बालिकालाई कास्कीस्थित बाल सेवा केन्द्रमा राखेर उपचार र मानसिक रुपमा सबल बनाउने काम भएको छ ।

बालिकालाई उपचारको लागि पोखरा ल्याईएको थियो । एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत ती बालिकामाथि पटक पटक जबर्जस्ती भएको परीक्षण रिपोर्टले देखाएको चिकित्सकलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जनाएको छ।

केन्द्रीय बाल कल्याण समितिका बाल अधिकार स्रोत व्यक्ति बद्रीप्रसाद वाग्लेले बालिकाको घटना फागुन ९ गते मात्र बाहिर आएको र कास्की प्रहरीमा जानकारी गराएको बताए। कास्की प्रहरीले उक्त जाहेरी स्याङ्जा प्रहरीमा रिफर गरेको थियो । तत्काल बालिकालाई घरमा पठाउँदा असुरक्षित हुने भएकोले बालिकालाई संस्थाको संरक्षणमा पठाइएको वाग्लेले बताए।

राष्ट्रिय मानव अधिकार आयोग र बाल कल्याण समितिले उक्त घटना अध्ययन गरेका थिए। तर, अनुसन्धानमा पीडितका आफन्तले सहयोग नगरेको जिल्ला प्रहरी कार्यालयले जनायो। घटना स्याङ्जामा दर्ता भएको हो। आयोगका अनुसार बलात्कृत बालिकाको कपडा नधुन र तत्काल बालिकालाई नै ननुहाइदिन अनुरोध गरे तापनि पीडितकी आमाले अटेर गरिन् । पीडक पनि फागुन ४ गतेदेखि नै फरार भए ।

यस्तै, भीरकोट नगरपालिका–६ स्थित भिरकोट भिल्ला होटलमा गत फागुन २९ गते ३ जना बालिका बलात्कृत भए । भीरकोट निवासी १४ वर्षीया २ जना र १५ वर्षीया १ बालिका बलात्कारको सिकार बनेका हुन्। उनीहरुलाई तीन युवकले होटलमा कोठामा लगेर बलात्कार गरेका थिए ।

बालिकाहरु युवकहरुका प्रलोभनमा परेका थिए । वडा प्रहरी कार्यालय वालिङले ३ जना अभियुक्तलाई पक्राउ गरी जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ