कास्की नौडाँडाका ६ वर्षकी बालिकासहित तीन बालबालिका पोखरामा अलपत्र

कास्की नौडाँडाका ६ वर्षकी बालिकासहित तीन बालबालिका पोखरामा अलपत्र

balbalika (1)

पोखरा । कास्कीको नौडांडा घर बताउने तीन बालबालिका पोखरामा अलपत्र परे । एकैघरका समर परियार, सूर्य परियार र सलिना परियार मंगलबार मध्यान्ह १२ बजेदेखि पोखरामा अलपत्र परेका हुन् । उनीहरुको उमेर क्रमशः ११ वर्ष, १० वर्ष र ६ वर्ष रहेको छ ।

राति पर्दै गएपछि रुँदै गरेकी सानी बहिनीका साथमा दाजुभाइलाई न्यूरोड स्थित पद्म नर्सिङ होम अगाडि भेटिएको त्यहाँका स्टाफ समेत रहेका पत्रकार कृष्ण आचार्य रचितले जानकारी दिए । दिनभर भोकभोकै अवस्थामा रहेका उनीहरुलाई खाजा खुवाउँदै परिवारका बारेमा सोधखोज गरिएको थियो ।

बालबालिका अलपत्र अवस्थामा भेटिएको बारेमा जिल्ला प्रहरी कार्यालय कास्कीमा खबर गरिएको छ । बालबालिकाका अनुसार बुबा आमा समेत पोखरा तिरै छन् । घरमा ठूलो दाइ र भाउजु रहेको र उनीहरुले निकालेको बालबालिकाको भनाई छ । ‘कालेदाइ र भाउजुले घर छाडेर जा भन्नुभाको । गोरे दाइ पनि पोखरामै हुनुहुन्छ ।’- समर र सूर्यले भने । बाग्लुङ बसपार्कमा आफन्त रहेको तर घर नचिनेको उनीहरुले बताएका छन् ।

आमा चार-पाँच दिन अगाडि काम गर्न पोखरा झरेको उनीहरु बताउँछन् । उनीहरुले बुबाआमाको नाम वीरबहादुर र राधिका परियार बताएका छन् । अहिले उनीहरुलाई प्रहरीको जिम्मामा पठाइएको छ ।

तस्विरः कृष्ण आचार्य ‘रचित’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ