लमजुङमा पनि घरको छतबाट खसेर बालिकाको मृत्यु

लमजुङमा पनि घरको छतबाट खसेर बालिकाको मृत्यु

mrityu

पोखरा, २० फागुन / लमजुङको बेसीशहरमा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । बेसीशहर नगर पालिका ८ दनाईफाँटमा सुवास विकको ४ बर्षे छोरीको छतबाट खसेर मृत्यु भएको हो ।

४ बर्षिय सुप्रिया बिकको दुई तलामाथीबाट खस्दा ज्यान गएको हो । आइतबार दिउँसो लुगा उठाउन आमासँगै छतमा पछ्याउँदै पुगेकी सुप्रिया छतबाट तल खसेकी हुन् । घाइते विकलाई तत्काल सदरमुकाम स्थित जिल्ला सामुदायिक अस्पताल उपचार लगिएपनि अस्पतालले पोखराको मणिपाल अस्पताल रिफर गरेको थियो ।

घाईते विकलाई पोखरा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश नम्बर ४ प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ