एमाले र माओवादी पार्टी विघटन, संयुक्त पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नै

एमाले र माओवादी पार्टी विघटन, संयुक्त पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नै

Maoist-UML-Unification

नेकपा एमाले र माओवादी पार्टी अाैचारिक रुपमा विघटन भएकाे घाेषणा गरिएकाे छ। एकता प्रक्रियामा रहेका दुवै दलले यसअघि छुट्टाछुट्टै बैठकबाट आ-आफ्नो पार्टी विघटन गरेका थिए।

एमाले र माओवादी मिलेर बन्ने नेपाल कम्युनिष्ट पार्टीको महासचिवमा बिष्णु पौडेल चयन भएका छन् भने प्रवक्ताको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन्।

नाै सदस्यीय सचिवालयमा अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधबकुमार नेपाल, अन्य सदस्यमा बामदेव गौतम, प्रवक्तामा नारायणकाजी श्रेष्ठ, सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा बादल तथा महासचिवमा बिष्णु पौडेल छन्।

 दुई पार्टीले नेपाल कम्युनिष्ट पार्टीको स्थानीय समितिलाई बढाएर ४५ सदस्यीय बनाउने सहमति गरेका छन्। स्थायी समितिमा एमालेका २५ तथा माओवादीका १८ सदस्य छन् ।

एमालेको तर्फबाट

१) केपी शर्मा ओली, झापा
२) झलनाथ खनाल, इलाम
३) माधवकुमार नेपाल, रौतहट
४) बामदेब गौतम, बर्दिया
५) सुवासचन्द्र नेंवाङ, इलाम
६) भीम रावल, अछाम
७) युवराज ज्ञावाली, दाङ
८) अष्टलक्ष्मी शाक्य, काठमाडौ
९) इश्वर पोखरेल, काठमाडौ
१०) बिष्णु पौडेल, रुपन्देही
११) घनश्याम भुसाल, रुपन्देही
१२) प्रदिप ज्ञावाली, गुल्मी
१३) भीम आचार्य, सुनसरी
१४) पृथ्वी सुब्बा गुरुङ, लमजुङ
१५) गोकर्ण बिष्ट, गुल्मी
१६) योगेश भट्टराई, ताप्लेजुङ
१७) शङ्कर पोखरेल, दाङ
१८) मुकुन्द नेउपाने, बारा
१९) सुरेन्द्र पाण्डे, चितवन
२०) छबीलाल बिश्वकर्मा, रुपन्देही
२१) सत्यनारायण मण्डल, सप्तरी
२२) किरण गुरुङ, तनहुँ
२३) अमृत बोहरा ,सिन्धुपाल्चोक
२४) केशव बडाल ,काभ्रे
२५) सोमनाथ अधिकारी प्यासी

माओवादी केन्द्रबाट

१) प्रचण्ड,चितवन
२) नारायणकाजी श्रेष्ठ ,गोरखा
३) रामबहादुर थापा ,चितवन
४) टोपबहादुर रायमाझी ,अर्घाखाँची
५) अमिक शेरचन ,चितवन
६) जनार्दन शर्मा ,पश्चिम रुकुम
७) वर्षमान पुन ,रोल्पा
८) देवप्रसाद गुरुङ, लमजुङ
९) पम्फा भुसाल ,ललितपुर
१०) गिरिराजमणि पोखरेल ,महोत्तरी
११) मातृकाप्रसाद यादव ,धनुषा
१२) अग्नि सापकोटा ,सिन्धुपाल्चोक
१३) ओनसरी घर्ती ,रोल्पा
१४) लेखराज भट्ट ,कैलाली
१५) शक्ति बस्नेत ,जाजरकोट
१६) हरिबोल गजुरेल ,सिन्धुली,
१७) लिलामणी पोखरेल, काठमाडौ
१८) राम कार्की ,झापा

बालुवाटारमा नयाँ पार्टीकाे केन्द्रीय सदस्यले लिए शपथ

नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिघटन भएपछिको संयुक्त बैठकमा एकीकृत नेपाल कम्युनिष्ट पार्टीकाे केन्द्रीय समितिका सदस्यले शपथग्रहण गरेका छन् । उनीहरुलाई प्रधानमन्त्री एवं एकीकृत नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराएका हुन् ।

केन्द्रीय समितिको शपथग्रहण अघि प्रचण्डले ओलीलाई र ओलीले प्रचण्डलाई शपथग्रहण गराएका थिए ।

एमाले माओवादी केन्द्रबीचको एकता पछिको एकीकृत पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति र ४५ सदस्यीय स्थायी कमिटी रहनेभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ