इंग्ल्याण्डलाई हराउँदै बेल्जियम बन्यो ‘तेस्रो’

इंग्ल्याण्डलाई हराउँदै बेल्जियम बन्यो ‘तेस्रो’

XCaUfXr-HWamuy1l_768x432

इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो बनेको छ । शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो ।

सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमले चौथो मिनेटमा नै थोमस मुनिरको गोलबाट अगता लिएको थियो । प्रभावशाली प्रदर्शन गरेका इडेन हर्जाडले निर्धारित समयको खेल सकिन ७ मिनेट बाँकी छँदा गोल गर्दै जित सुनिश्चित गरे ।

विश्वकपमा बेल्जियमको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । तर, गोल्डेन जेनेरेसन भनिएको यो टोलीलार्इ उपाधिको दाबेदारका रूपमा हेरिएको थियो ।

क्वार्टरफाइनलमा बलियो ब्राजिललार्इ हराएपछि टोलीको आत्मविश्वास बलियो भएको थियो । सेमिफाइनफलमा फ्रान्ससँग आफ्नो नियमित खेल देखाउन सकेन र फाइनलमा पुग्नबाट चुक्यो ।

इग्ल्याण्ड पनि लयमै देखिएको थियो । युवा खेलाडीहरूको बाहुल्यता रहेको उसले पनि फाइनलको सपना देखेको थियो । तर, सेमिफाइनलमा क्रोएसियासँग स्तब्ध भएर उसले तेस्रो स्थानका लागि भएको खेल पनि हारेको छ ।

यसअघि पनि समुह चरणमा भएको भेटमा पनि बेल्जियमले नै बाजी मारेको थियो ।

विश्वकपको उपाधिका लागि आइतबार राति फ्रान्स र क्रोयसिया भिड्दै छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ