तनहुँको भिमादमा चट्याङ लागि एक युवतीको मृत्यु

तनहुँको भिमादमा चट्याङ लागि एक युवतीको मृत्यु

tunder

तनहुँ । तनहुँको भिमाद नगरपालिका वडा नम्बर २ आम्बोटमा चट्याङ लागि एक जनाको मृत्यु भएको छ । आमबोट बस्ने बर्ष २३ की चित्रकला नेपालीको घर गोठमा चट्याङ पर्दा चित्रकला नेपालीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी अनुसन्धान टोली खटिई घटनास्थलको जाँच बुझ गरेर मृतकको लास मुचुल्का गरी शव परिक्षणको लागि दमौली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चट्याङ लागेर उक्त घर नजिक गोठमा बाधेको एउटा पाडाको समेत मृत्यु भएको छ । अन्य केहि क्षति नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रनाउ सुनिल मल्ल बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ