भिरबाट लडी खड्का मृत अवस्थामा फेला

भिरबाट लडी खड्का मृत अवस्थामा फेला

mrita fela

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं.१० मिलनखानीको गोरेटो मुनि कच्ची सडकमा आइतबार मृत अवस्थामा फेला एक व्यक्तिको शव फेला परेको छ ।

शुक्लागण्डकी नपा वडा नम्बर १० बस्ने ४५ वर्षीय तारा बहादुर खड्का मृत अवस्थामा फेला परेका हुन् । शनिबार साझ रक्सी सेवन गरी घरबाट निस्किइ हिडेकोमा खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आइतबार बिहान मिलनखानीको गोरेटो बाटोबाट करिब ५० मिटर तल कच्ची सडकमा खसी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलचौतरा जनाएको छ ।

प्रहरीद्वारा घटनास्थलको जाँचबुझ गरी शव जाँच मुचुल्का पश्चात शव परिक्षणको लागी दमौली अस्पतालको शव गृहमा राखिएको छ । मृतक खड्का रक्सी सेवन गरी भिरको बाटो हिड्ने क्रममा अचानक लडी मृत्यु भएको भनी जाहेरी पर्न आएको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ